निषेधाज्ञामा पनि रिङरोड कालोपत्र गर्ने कार्य जारी

जेठ ४, कैलाली । नयाँ भेरियन्टसहितको दोस्रो चरणको महामारी समुदायस्तरमा फैलिएपछि कैलालीमा निषेधाज्ञा जारी छ तर निषेधाज्ञाकै बीचमा कैलालीको घोडाघोडी नगरपालिका–१ मा निर्माण भइरहेको नगरपालिकाको निकै महत्वका साथ हेरिएको रिङरोडको कालोपत्र गर्ने कार्य भने जारी छ । करीब १७ किलोमिटर लम्बाइ रहेको रिङरोडको पहिलो चरणअन्तर्गत ३ दशमदव ५६ किलोमिटर सडक कालोपत्र गर्ने काम भुखाली चोकबाट शुरु भएको हो । विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण जिल्लामा जारी निषेधाज्ञाका बाबजुद पहिलो चरणमा ३ दशमलव ५६ मिटरको सडक कालोपत्र गर्ने कार्य शुरु भएको घोडाघोडी नगरपालिका–१ का अध्यक्ष मनराज शाहीले जानकारी दिए । पछिल्लो समय तीव्र रूपमा फैलिँदो कोरोना संक्रमण रोकथामका लागि जारी निषेधाज्ञाका कारण विकास निर्माणका काममा कामदारको अभाव खड्किरहे पनि निर्माण कम्पनीलाई ताकेता गरेर वडाको महत्वपूर्ण योजनाको कामलाई निरन्तरता दिइएको अध्यक्ष शाहीले बताए ।  नगरपालिकाले पहिलो चरणको ३ दशमलव ५६ किलोमिटर सडक निर्माणका लागि रेखा जेबी निर्माण सेवा लम्कीसँग रु एक करोड ५८ लाख ६० हजार ९५८ मा ठेक्का सम्झौता गरी काम शुरु भएको एक वर्षभित्रमा तीन किलोमिटर ५६ दशमलव मिटरको सडक कालोपत्र भइसक्ने सम्झौताअनुसारै काम अघि बढिरहेको अध्यक्ष शाहीले जानकारी दिए । दोस्रो लहरको कोरोना संक्रमणका कारण कैलालीमा एक महीनामा मृत्यु हुनेको संख्या २०० बढी छ तर पनि महामारीका बीचमा किन कामलाई निरन्तरता दिइरहनुभएको भनेर आफूहरूलाई धेरै ठाउँबाट प्रश्न आउने गरेको अध्यक्ष शाहीले बताए ।  महामारीबाट जनतालाई कसरी जोगाउने भन्नेमा त हामी लागिरहेकै छौँ तर विकासे योजनालाई पनि समयमै सक्नु आफूहरूको कर्तव्य भएको हुनाले यस्तो महामारीमा पनि कामलाई निरन्तरता दिइएको अध्यक्ष शाहीको भनाइ छ ।  हामी अहिले कोरोना रोकथाममा पनि सक्रियतापूर्वक लागिरहेका छौँ । भारतबाट आएका जनताको तथ्यांक राखेर उनीहरुको स्वास्थ्य अवस्था हेरी आवश्यक परेकाहरूको परीक्षण गराई होम आइसोलेशन र होम क्वारेन्टिन रहन सुझाव दिने गरी जनप्रतिनिधि टोलटोलमा खटिएका छाँै तर यता जनता बचाउने र विकास गर्ने दुवै कामलाई सँगसँगै अघि बढाउने गरी काम गर्नुपर्ने भएको हुँदा विकासे काम रोक्न नसकिएको अध्यक्ष शाहीले बताए ।  स्थानीय सरकार र राष्ट्रिय योजना आयोगको साझेदारीमा उक्त रिङरोड निर्माण भइरहेको हो । सुखडको भुखाली चौकबाट पीपलडाँडा, पूर्वी पेट्रोल पम्प, बेलार, लक्ष्मीपुर, घोडाघोडी, कौवा, ज्वाला नगर हुँदै भुखाली चौकसम्म करीब १७ किलोमिटरको रिङरोडको निर्माण अवधि ३ वर्षको रहेको छ । रासस

सम्बन्धित सामग्री

दोभान–सान्थाक्रा सडक कालोपत्र हुने

फुङ्लिङ (ताप्लेजुङ), १६ फागुन । ताप्लेजुङको दोभानदेखि सान्थाक्रासम्म सडक कालोपत्र हुने भएको छ । दोभानदेखि मेरिङ्देन गाउँपालिकाको केन्द्र रहेको सान्थाक्रा जोड्ने सडक कालोपत्र हुने भएको हो । मेरिङ्देन गाउँपालिकाको पहल तथा समन्वयमा नौ किलोमिटिर सडक कालोपत्र गर्न लागिएको गाउँपालिकाले जनाएको छ । सडक कालोपत्र योजनाका लागि निर्माण कम्पनीसँग ठेक्का सम्झौता भइसकेको गाउँपालिकाका अध्यक्ष युकहाङवीर हाङगाम […]

बुढीगंगाले आफ्नै लगानीमा सडक कालोपत्र गर्ने

बुढीगंगा नगरपालिकाले आफ्नै लगानीमा ग्रामीण सडक कालोपत्र गर्ने भएको छ। पालिकामा नयाँ नेतृत्व आए लगत्तै गरेको निर्णयलाई कार्यान्वयन गर्दै नगरपालिकाले दुई वटा सडक आफ्नै लगानीमा कालोपत्र गर्न लागेको हो।...

महेन्द्रपुल–पृथ्वीचोक सडक कालोपत्र

कास्की, २७ कात्तिक । पोखराको मुख्य बजार महेन्द्रपुल–पृथ्वीचोक सडक ‘अस्फाल्ट’ प्रविधिको प्रयोग गरी कालोपत्र गरिएको छ । अमेरिकन प्रविधि ‘अस्फाल्ट’को प्रयोग गरी महेन्द्रपुल–नयाँबजार हुँदै पृथ्वीचोकसम्मको सडक कालोपत्र गरिएको पोखरास्थित सडक डिभिजन कार्यालयले जनाएको छ । करिब डेढ किलोमिटर सडक पाँच करोड लागतमा कालोपत्र सम्पन्न गरिएको कार्यालयका ओभरसियर रमेशराज पौडेलले जानकारी दिए । अस्फाल्टबाट कालोपत्र गर्दा […]

पोखरामा महिनादिनमै उप्कियो कालोपत्र

गण्डकी, २९ साउन । पोखरा महानगरपालिका-९ सहाराटोलमा गत असारको आखिरीतिर हतारहतार गरिएको कालोपत्र महिनादिनमै उप्किएको छ । पृथ्वीराजमार्गबाट ट्राफिक कार्यालयहुँदै नयाँ बजार निस्कने सडक भत्कन सुरु गरेको हो । कालोपत्र उप्किएपछि ठाउँ–ठाउँमा खाल्डाखुल्डी परेका छन् । स्थानीय बेलकुमारी रानाभाटले कालोपत्र भत्केपछि सवारी र पैदल यात्रुलाई आउजाउ गर्न असहज भएको बताए । “एक महिना पनि कालोपत्र […]

छ किमी सडक कालोपत्र

काठमाडौँ, १९ चैत । दाङ तुलसीपुर उपमहानगरपालिका– १२ को पुकार पसलबाट सिद्धार्थ चोकसम्म सडक कालोपत्रको काम सकिएको छ । त्यहाँ चार सय ९० मिटर सडक कालोपत्र भएको हो । त्यस्तै सोही वडाको अशोकचोकबाट सिदार्थचोकसम्मको चार सय ८० मिटर सडक पनि कालोपत्र भएको छ भने कपडादेवीबाट चौधरीगाउँसम्मको तीन सय ६० मिटर सडक कालोपत्र भएको छ । […]

कर्णाली करिडोर कालोपत्र हुने

काठमाडौँ,१२ फागुन । कर्णाली करिडोर कालोपत्र हुने भएको छ । कर्णाली करिडोरको कालीकोटको खुलालुदेखि हुम्लाको सलीसल्लासम्मको सडक कालोपत्र हुने भएको हो । कर्णाली करिडोरमा आगामी आर्थिक वर्षमा कालोपत्रको काम हुने भएको छ । कर्णाली करिडोर सडक निर्माणको काम सम्पन्न भइसकेको र स्तरोन्नति काम पूरा भएपछि सडक विभागले कालोपत्र गर्ने कामलाई अगाडि बढाएको हिल्सा सिमकोट सडक […]

छाङपाटन मोटरमार्गमा कालोपत्र

दमौली । तनहुँको म्याग्दे गाउँपालिका–५ स्थित छाङपाटन मोटरमार्ग कालोपत्र भएको छ । गाउँपालिकाले रु ७० लाखको लागतमा उक्त मोटरमार्ग कालोपत्र गरेको हो । एक हजार १५० मिटर सडक कालोपत्र गरिएको वडाध्यक्ष शिवबहादुर आलेले जानकारी दिए । मोटरमार्ग कालोपत्र नहुँदा धुलाम्य बाटो भएर यात्रा गर्न सर्वसाधारणलाई सास्ती हुँदै आएको थियो । मोटरमार्ग कालोपत्रे भएसँगै सर्वसाधारणलाई आवतजावतका […]

छाङपाटन मोटरमार्गमा कालोपत्र

तनहुँको म्याग्दे गाउँपालिका–५ स्थित छाङपाटन मोटरमार्ग कालोपत्र भएको छ । गाउँपालिकाले रु ७० लाखको लागतमा उक्त मोटरमार्ग कालोपत्र गरेको हो । एक हजार १५० मिटर सडक कालोपत्र गरिएको वडाध्यक्ष शिवबहादुर आलेले जानकारी दिए ।मोटरमार्ग कालोपत्र नहुँदा धुलाम्य बाटो भएर यात्रा गर्न सर्वसाधारणलाई सास्ती हुँदै आएको थियो । मोटरमार्ग कालोपत्रे भएसँगै सर्वसाधारणलाई आवतजावतका लागि सहज भएको छ । मोटरमार्ग कालोपत्र भएसँगै नयाँबस्ती, झिरुबास, हटियालगायतका ठाउँका सर्वसाधारण लाभान्वित भएका छन् । कालोपत्र भएको

पाथीभरा जाने सडक कालोपत्र हुने

फुङ्लिङ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर जाने सडक कालोपत्र हुने भएको छ । बर्खा याममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने पाथीभरा सडक कालोपत्र हुने भएको हो । पाथीभरा सडकखण्डको सुकेटारदेखि काफ्लेपाटीसम्म १० किलोमिटर सडक कालोपत्र हुन लागेको हो । सडक कालोपत्र गर्ने कार्यका लागि कन्टेक निर्माण प्रालिसँग माघको पहिलो साता ठेक्का सम्झौता भइसकेको उत्तर […]

पाथीभरा जाने सडक कालोपत्र हुने

ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर जाने सडक कालोपत्र हुने भएको छ । बर्खा याममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने पाथीभरा सडक कालोपत्र हुने भएको हो ।पाथीभरा सडकखण्डको सुकेटारदेखि काफ्लेपाटीसम्म १० किलोमिटर सडक कालोपत्र हुन लागेको हो । सडक कालोपत्र गर्ने कार्यका लागि कन्टेक निर्माण प्रालिसँग माघको पहिलो साता ठेक्का सम्झौता भइसकेको उत्तर दक्षिण (मूलघाट, दोभान ओलाङ्चुङगोला) सडक योजना कार्यालयले जनाएको छ । योजना कार्यालयका सबइन्जिनियर यहोसु लिम्बूका अनुसार सडक कालोपत्र गर्न निर्माण कम्