सार्वजनिक स्थानलाई निसंक्रमण गर्दै कामपा

वैशाख २३, काठमाडौं । काठमाडौं महानगरपालिकाले तीव्र गतिमा फैलिरहेको कोभिड–१९ को नियन्त्रणका लागि सार्वजनिक स्थान, अस्पताल, सुरक्षा जाँच गर्ने स्थानमा ठूला जेट मेसिनको प्रयोग गरी निसंक्रमण कार्य गरिरहेको छ । मानिसको बढी आवतजावत हुने ती स्थानसँगै, कोरोनाका बिरामीलाई अस्पताल लैजाने र ल्याउने एम्बुलेन्सलाई पनि निसंक्रमण गरिएको हो ।  ‘बन्दाबन्दी भए पनि कतिपय मानिस अत्यावश्यक कामले बाहिर निस्किनुपर्ने हुन्छ, यसरी मानिस आवतजावत हुने स्थान, सुरक्षा जाँच गर्ने स्थान र अस्पताल परिसरलाई केन्द्रित गरेर निसंक्रमणको काम गरिरहेका छौँ’, नगर प्रमुख विद्यासुन्दर शाक्यले भने ।  गत वर्ष पनि महानगरपालिकाले सार्वजनिक स्थानसँगै मानिसको बढी भीडभाड हुने स्थानमा निसंक्रमण गरेको थियो । महामारीका कारण अहिले सरकारले देशका ५२ जिल्ला र केहीमा आंशिक तथा केहीमा पूर्णरूपमा बन्दाबन्दी गरेको अवस्था छ । यसैबीच महानगरपालिकाले बढिरहेको संक्रणदरलाई ध्यान दिँदै अक्सिजनसहितको आइसोलेशन केन्द्र निर्माणका लागि सात सदस्यीय समिति गठन गरेको छ । कोभिड नियन्त्रणका लागि साना–साना एकाइमा क्वारेन्टिन, आइसोलेशनजस्ता संरचना बनाउँदा जनशक्ति र स्रोत व्यवस्थापन गर्न कठिन हुने भएकाले महानगरले संस्थागत सहकार्यमा संयन्त्र बनाउने विषयलाई जोड दिएको पनि प्रमुख शाक्यको भनाइ छ । ‘साना–साना धेरै आइसोलेशन बनाइयो भने ती ठाउँमा अक्सिजनलगायत सामग्री र जनशक्ति पुर्‍याउन कठिन हुन्छ, यस्ता ठाउँमा बिरामीलाई सन्तोषजनक सेवा दिन पनि सकिँदैन, त्यहाँ कुनै कारण जोखिम सिर्जना भयो भने जिम्मेवारी लिने कोही हुँदैन, त्यसैले हामी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र ठूला अस्पतालसँग सहकार्य गरेर उनीहरुसँग भएको क्षमता बढाउन चाहन्छौं, प्रमुख शाक्यले भने ।

सम्बन्धित सामग्री

भित्ते चित्र बनाउँदै कामपा

काठमाडौँ, १७ फागुन । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रका सार्वजनिकस्थलको सुन्दरताका लागि भित्ते चित्र बनाउने भएको छ । यसका लागि कामपाले ललितकला प्रज्ञा प्रतिष्ठानसँग सम्झौता गरिसकेको छ । पहिलो चरणमा माइतीघरबाट बबरमहलको दायाँतर्फको पर्खाल, प्रदर्शनीमार्गका पर्खाल, अन्तरराष्ट्रिय विमानस्थल बाहिरको पर्खालका साथै मीनभवन र लैनचौरस्थित समाजकल्याण परिषद्को पर्खालमा भित्ते चित्र बनाउनका लागि स्वीकृति दिइसकिएको कामपा सार्वजनिक निर्माण […]

विद्यालय अगाडिका ३६ स्थानमा ‘पेलिकन’ प्रणाली जडान गर्दै कामपा

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विद्यालय अगाडिका ३६ स्थानमा अन डिमान्ड पेडेष्ट्रियन क्रसिङ (पेलिकन) सडक पार गर्नका लागि सहज गराउने प्रणाली जडान गर्ने तयारी गरेको छ ।   यसअघि बबरमहलमा यस प्रणाली जडान गरिसकेको कामपाले अब २६ वटा सामुदायिक विद्यालय र १० वटा निजी विद्यालय गरी ३६ स्थानमा उक्त प्रणाली जडान गर्न लागेको कामपा ट्राफिक व्यवस्थापन सल्लाहकार […]

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै कामपा

काठमाडौं महानगरपालिकाले मातहतका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको क्रममा रहेको बताएको छ । कामपा शिक्षा विभागका प्रमुख सीताराम कोइरालाका अनुसार सबै सामुदायिक विद्यालयलाई विद्यार्थी र अभिभावकको आकर्षणको केन्द्र बनाउने हो जहाँ...

डेङ्गी नियन्त्रणका लागि बायो लार्भीसाइड छर्कंदै कामपा

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले डेङ्गी सङ्क्रमण नियन्त्रणका लागि पहिलोपटक बायो लार्भीसाइड छर्कने भएको छ । नियमित पानी परिरहेको समयमा प्रयोग गर्न नमिल्ने उक्त औषधि पानी पर्न रोकेसँगै कामपाको ३२ वटै वडाका पानी जमेको स्थानमा प्रयोग गर्ने तयारी रहेको छ । कामपा स्वास्थ्य सेवा विभाग प्रमुख रामप्रसाद पौडेलका अनुसार उक्त औषधि प्रयोग गरेपछि पानीमा रहेका लामखुट्टेका […]

प्लास्टिक प्रयोगमा निषेध गर्न नियमित अनुगमन गर्दै कामपा

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले ४० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिक प्रयोगमा निषेध गर्ने अभियान सफल बनाउन नियमित अनुगमन गर्ने भएको छ । कामपाले यही साउन १ गतेदेखि उक्त अभियान सुरु गरे पनि पूर्ण कार्यान्वयन नभएको भन्दै नियमित अनुगमन गर्ने जनाएको छ । अनुगमन कार्यका लागि कामपा वातावरण व्यवस्थापन विभाग र नगर प्रहरी बलको संयुक्त अनुगमन टोली […]

राजस्व सङ्कलनलाई प्रभावकारी बनाउँदै कामपा, एनआईसी बैंकसँग सफ्टवेयर एकीकृत

काठमाडौँ महानगरपालिकाले राजस्व सङ्कलनलाई थप प्रभावकारी बनाउने उद्देश्यले कामपाको राजस्व सफ्टवेयरसँग एनआइसी एसिया बैंकको सफ्टवेयर परीक्षणका लागि एकीकृत गरेको छ । कामपाको वडा नं ५ बाट सुरु गरिएको सफ्टवेयर परीक्षण कार्य प्रभावकारी भए ३२ वटै वडामा सेवा विस्तार गर्ने कामपा राजस्व विभागका प्रमुख डा शिवराज अधिकारीले जानकारी दिए । सफ्टवेयर एकीकृत गरेपछि सेवाग्राहीले राजस्व, शुल्क […]

विपद् व्यवस्थापनमा तयारी कामपा

काठमाडौं । वर्षायाम शुरू भएसँगै विपद्जन्य घटना रोक्न काठमाडौं महानगरपालिकाले आवश्यक तयारी गरेको छ । विशेष गरी राजधानीभित्र बग्ने नदी थुनिएर मुख्य सडक र आवासीय क्षेत्र डुबानमा पर्नेलगायतका सम्भावित घटनाबाट जोगिन कामपाले आवश्यक साधनसहित तयारी थालेको छ । कामपा विपद् व्यवस्थापन विभागले विपद् रोक्न सबै आवश्यक सामग्री भण्डारण गरी तयारी अवस्थामा राखेको छ । महानगरले […]

अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेपछि कामपा मुख्यालय निर्माणको काम रोकियो

काठमाडौं, पुस ६। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका ५ जना कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेपछि महानगरपालिकाको भवन निर्माणको काम रोकिएको छ । भवन निर्माणको ठेक्का दिने क्रममा गलत लिखत तयार गर्न आदेश दिएको भन्दै अख्तियारले ती ५ जनाविरुद्ध मुद्दा दायर गरेको हो । अख्तियारले काम रोक्न आदेश नदिए पनि कामपा आफैंले काम रोकेको […]

विपद् न्यूनीकरण गर्ने सामग्रीको समस्या छैन : कामपा

ईश्वरराज ढकाल, काठमाडौं । काठमाडौं महानगरपालिकाले देशभर बेमौसमी वर्षाले बितन्डा मच्चाइरहेको र त्यसको असर राजधानी र आसपासको क्षेत्रमा पनि पर्न सक्ने भन्दै राजधानीमा बाढी–पहिरोलगायत विपद्जन्य अवस्थाबाट जनधनको क्षति रोक्न पूर्ण तयारी गरिएको जनाएको छ । कामपा विपद् व्यवस्थापन विभागले त्यसका लागि करिब ५० लाख रुपियाँ बराबरको सामग्री खरिद गरिसकेको जनाएको छ । कामपा विपद् व्यवस्थापन […]

पाँच वर्षपछि तीन नयाँ दमकल ल्याउँदै कामपा

ईश्वरराज ढकाल, काठमाडौं । दमकल अभावका कारण आगलागी नियन्त्रण गर्न कठिन भएपछि काठमाडौं महानगरपालिकाले तीनवटा नयाँ दमकल र ५ थान पम्प खरिद गर्ने भएको छ । महानगरले ७ करोड रुपियाँमा तीन दमकल र ८० लाख रुपियाँमा ५ वटा पम्प खरिद गर्न लागेको हो । एउटा पम्पको १६ लाख रुपियाँ पर्ने कामपा विपद् व्यवस्थापन विभाग प्रमुख […]