श्रममन्त्री स्वदेश फिर्ता, भ्रमण सफल र फलदायी रहेको दाबी

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले छैटौँ श्रममन्त्रीस्तरीय ‘अबुधाबी डाइलग’ मा भाग लिने सिलसिलामा भएको आफ्नो संयुक्त अरब इमिरेट्स (युएई )भ्रमण मुलुकका निम्ति फलदायी रहेको बताउनुभएको छ । यही कात्तिक ८ देखि १२ गतेसम्म दुबईमा भएको उक्त डाइलगमा सहभागी भएर शनिबार राति स्वदेश फर्कनुभएका उहाँले नेपाली श्रमिकहरूको हित र सुरक्षाबारे आफूले विशेषरूपमा नेपालको अवधारणा प्रस्तुत गरेको जानकारी दिनुभयो । कोरोना महामारीका कारण रोजगारी गुमाएर स्वदेश फर्केका श्रमिकको सामाजिक र आर्थिक जीवनलाई सुधार गर्न रोजगारी दिने देशले आर्थिक तथा प्राविधिक सहयोग गर्नुपर्ने, आप्रवासी श्रमिकको कार्यस्थल सुरक्षालाई सुनिश्चित गर्नुपर्ने, न्यूनतम पारिश्रमिक बढाउनुका साथै निःशुल्क आवास र भोजनको व्यवस्था गर्नुपर्ने, श्रमिकको क्षमता विकासका कार्यक्रम सञ्चालनका साथै आगमन तथा प्रस्थान विन्दुमा निःशुल्क पिसीआर परीक्षण, क्वारेन्टिन तथा आइसोलेशन सेन्टरको व्यवस्था र उपचारको व्यवस्था मिलाउन प्रस्ताव गरेको बताउनुभयो ।

सम्बन्धित सामग्री

श्रममन्त्री श्रेष्ठ स्वदेश फिर्ता, भ्रमण सफल र फलदायी रहेको दाबी

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले छैटौं श्रममन्त्रीस्तरीय ‘अबुधाबी डाइलग’ मा भागलिने सिलसिलामा भएको आफ्नो संयुक्त अरब इमिरेट्स (युएई)भ्रमण मुलुकका निम्ति फलदायी रहेको बताएका छन् ।यही कात्तिक ८ देखि १२ गतेसम्म दुबइमा भएको उक्त डाइलगमा सहभागी भएर शनिबार राति स्वदेश फर्किएका उले नेपाली श्रमिकहरूको हित र सुरक्षाबारे आफूले विशेष रुपमा नेपालको अवधारणा प्रस्तुत गरेको जानकारी दिए। कोरोना महामारीका कारण रोजगारी गुमाएर स्वदेश फर्केका श्रमिकको सामाजिक र आर्थिक जी