स्वावलम्बन लघुवित्तले शेयरधनीलाई पुरानो नगद लाभांश लिन अुनरोध

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीलाई पुरानो नगद लाभांश लिन अुनरोध गरेको छ । कम्पनीले आर्थिक वर्ष २०६३/६४ देखि २०७३/७४ सम्मको नगद लाभांश  हालसम्म पनि बुझिलिन बाँक रहेकाले उक्त नगद लाभांश लिन अनुरोध गरेको हो । यो सूचना प्रकाशित गरेको आजको मितीले ३५ दिनभित्र शेयरधनीले आफ्ना शेयर प्रमाणपत्रका साथै परिचयपत्र लिई वा उल्लेख्ति आवमा शेयरधनी रहेको तर हाल शेयर विक्री गरिसकेका शेयरधनीले आवश्यक कागजात सहित कमपनीको शेयर रजिष्ट्रार हिमालयन क्यापिटल लिमिटेड सञ्चय कोष भवन ठमेलमा सम्र्पक गर्नुपर्नेछ । साथै आव २०७४/७५ देखि २०७८/७९ सम्मको बुझिलिन बाँकी रहेको नगद लाभांश रकमहरु पनि कम्पनीको शेयर रजिष्ट्रार हिमालयन क्यापिटलबाट लिन कम्पनीले शेयरधनीलाई अनुरोध गरेको छ ।   

सम्बन्धित सामग्री

डिप्रोक्स लघुवित्तले प्रस्ताव गर्‍यो लाभांश, बोनससँगै नगद लाभांश पनि

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । फागुन ३ गते बिहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी १ अर्ब ५५ करोड १० लाख ८८ हजार रुपैयाँका आधारमा १० दशमलव ५३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । कुल लाभांशमध्ये १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश दिने तयारी कम्पनीले गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । यस वर्ष कम्पनीले गत वर्षभन्दा कम लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले १० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ११ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

मिर्मिरे लघुवित्तले यस वर्ष ६.३२ % नगद लाभांश वितरण गर्ने

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष ६ दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । पुस १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा ४ करोड २० लाख ७६ हजार ३०२ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी ६६ करोड ५७ लाख ६४ हजार रुपैयाँ छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । कम्पनीले गत वर्षभन्दा यस वर्ष कम लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले २३ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । यस वर्ष भने कम्पनीले नगद लाभांशमा जोड दिएको हो । रासस

नेष्डो समृद्ध लघुवित्तले वितरण गर्‍यो १७.९३ प्रतिशत नगद लाभांश

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्षको नगद लाभांश वितरण गरेको छ । कम्पनीले असोज २६ गते सम्पन्न चौथो वार्षिक साधारण सभाबाट पारित भएको करसमेत १७ दशमलव ९३ प्रतिशत नगद लाभांश असोज २९ गतेदेखि वितरण गर्न शुरु गरेको हो । कम्पनीले अघिल्लो आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट यो लाभांश वितरण गरेको हो । कम्पनीले २०७९ असार मसान्तसम्म कायम चुक्ता पूँजी २५ करोड ५० लाख रुपैयाँको आधारमा ४ करोड ५७ लाख ३२ हजार २१० हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गरेको हो । नगद लाभांश सम्बन्धित शेयरधनीहरूको बैंक खातामै जम्मा गरिने भएकाले बैंक खाता अद्यावधिक गराउनसमेत कम्पनीले अनुरोध गरेको छ । लाभांश प्रयोजनका लागि कम्पनीले असोज १८ गतेदेखि २६ गतेसम्म बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा असोज १७ गतेसम्म कायम शेयरधनीहरू मात्र नगद लाभांश पाउनेछन् । असोज १७ गतेसम्म आफ्नो शेयर धितो बन्धक राखेका सदस्यहरूको हकमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फुकुवापत्र प्राप्त भएपछि मात्र नगद लाभांश जम्मा गरिने जानकारी कम्पनीले दिएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट ५० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि २३ दशमलव ६८ प्रतिशत नगद लाभांश गरी कुल ७३ दशमलव ६८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेकोमा नेपाल राष्ट्र बैंकले १७ दशमलव ९३ प्रतिशत मात्र लाभांश वितरणका लागि स्वीकृति प्रदान गरेको हो ।

ग्लोबल आइएमई लघुवित्तले वितरण गर्‍यो नगद लाभांश

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्षको नगद लाभांश वितरण गरेको छ ।  कम्पनीले गत फागुन २४ गते सम्पन्न १० औं वार्षिक साधारण सभाबाट पारित कर समेत ८ प्रतिशत नगद लाभांश वितरण गरेको हो । गत फागुन २८ गतेदेखि सम्बन्धित शेयरधनीहरूको बैंक खातामै नगद लाभांश वितरण गर्न शुुरु गरेकाले आफ्नो लाभांश प्राप्त भए नभएको एकिन गर्नुसमेत कम्पनीले अनुरोध गरेको छ । नगद लाभांश बैंक खातामार्फतनै वितरण गर्ने भएकाले हालसम्म पनि बैंक खाता नम्बर हितग्राही खातामा अद्यावधिक नगराएका सदस्यहरूलाई यथासिघ्र गराउन पनि कम्पनीले भनेको छ । यस वर्ष कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी ५५ करोड २५ लाख ८९ हजारको आधारमा ८ प्रतिशत नगद लाभांशसँगै १२ प्रतिशत बोनस शेयर समेत वितरण गर्ने प्रस्ताव सोही सभाबाट पारित गरेको थियो । बोनस शेयर भने धितोपत्र दोस्रो बजारमा सूचीकृत भएपछि मात्र वितरण गरिने जानकारी कम्पनीले दिएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १६ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा फागुन १५ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश पाएका छन् ।  बुकक्लोजको अघिल्लो दिनसम्म आफ्नो शेयर धितो बन्धक राखी कर्जा लिएका सदस्यहरूको नगद लाभांश भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट नो अब्जेक्सन लेटर प्राप्त भएपछि वितरण गरिनेछ । सो मितिपश्चात कर्जा भुक्तानी भएका सदस्यहरूको लाभांश भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाको फुकुवा पत्र प्राप्त भएपछि मात्र वितरण गरिने जानकारीसमेत कम्पनीले दिएको छ ।

डिप्रोक्स लघुवित्तले वितरण गर्‍यो नगद लाभांश

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष वितरण गर्ने निर्णय गरेको ११ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीले सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा उल्लिखित बैंक खातामा नगद लाभांश जम्मा गरिसकिएको जानकारी दिएको हो । कम्पनीले फागुन ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट यस वर्षको लाभांश पारित गरेको थियो । गत आर्थिक वर्ष २०७८/ ०७९ को मुनाफाबाट हाल कायम चुक्तापूँजी १ अर्ब ३८ करोड ७४ लाख ९८ हजारको आधारमा कम्पनीले करसमेत नगद लाभांशसँगै १० प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको थियो । नगद लाभांश बैंक खातामै जम्मा गरिने भएकाले हालसम्म पनि बैंक खाता नम्बर हितग्राही खातामा अद्यावधिक नगराएका सदस्यहरूलाई यथासिघ्र गराउन समेत कम्पनीले भनेको छ ।साधारण सभा प्रयोजनका लागि फागुन १९ गते एक दिन बुक क्लोज गरिएकाले फागुन १८ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गरेका छन् । बुक क्लोजको अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीहरूले शेयर प्रमाणपत्र धितो राखी कर्जा प्रयोग गर्दै आएको अवस्थामा सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र प्राप्त भएपछि मात्र नगद लाभांश जम्मा गरिने जानकारी कम्पनीले दिएको छ । बोनस शेयर भने धितोपत्र दोस्रो बजारमा सूचीकृत पश्चात सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा हुनेछ । कम्पनीको शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैंकिग लिमिटेड रहेको छ । सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

समिट लघुवित्तले १४.२८ प्रतिशत लाभांश दिने

१६ फागुन, काठमाडौं । समिट लघुवित्त वित्तीय संस्थाले १४.२८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । १५ फागुन बिहीबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । लघुवित्तले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १३.५६ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि ०.७१ प्रतिशत नगद लाभांश […]

डिप्रोक्स लघुवित्तले २१.०५३ प्रतिशत लाभांश दिने

२६ पुस, काठमाडौं । डिप्रोक्स लघुवित्तले २१.०५३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । २५ पुस आइतबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट उक्त लाभांश प्रस्ताव गरेको हो । लघुवित्तले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनाका लागि समेत गरी ११.०५३ प्रतिशत नगद लाभांश […]

फस्ट माइक्रो फाइनान्स लघुवित्तले घोषणा गर्यो लाभांश, बोनस सेयर कति ?

फस्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । लघुवित्तले आफ्ना लगानीकर्तालाई २० प्रतिशत लाभांश घोषणा गरेको हो । कम्पनीको सञ्चालक समितिको बैठकले गरेको प्रस्तावअनुसार १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत (कर प्रयोजनका लागि) नगद लाभांश वितरण गर्ने भएको हो । १९ प्रतिशतले हुन आउने १८ करोड ३२ लाख ५३ हजार रूपैयाँ बराबरको बोनस सेयर वितरण हुनेछ ।यस्तै, १ प्रतिशत हुन आउने ९६ लाख ४४ हजार रूपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव सञ्चालक समितिल

आरएमडीसी लघुवित्तले२५ प्रतिशत लाभांश दिने

आरएमडीसी लघुवित्तले लाभांश घोषणा गरेको छ । लघुवित्तको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७-०७८ को सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।लघुवित्तले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमध्ये २० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनका लागिसमेत गरी ५ प्रतिशत नगद लाभांश वितरण […]

इन्फिनिटि लघुवित्तले सेयरधनीहरूलाई २९.१६ प्रतिशत लाभांश दिने

इन्फिनिटि लघुवित्तले आफ्ना सेयरधनी लगानीकर्ताहरुलाई अधिकतम २९.१६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत गत आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट २७.७० प्रतिशत बोनस सेयर र १.४६ प्रतिशत नगद लाभांश दिने भएको हो । गत शनिबार बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो ।वितरण प्रस्ताव अनुसार लघुवित्तले बोनस सेयर तर्फ कुल ८ करोड ९९ लाख ९ हजार ८१२ रुपैयाँ ७४ पैसा वितरण गर्ने छ भने नगद बोनस तर्फ कुल ४६ लाख ३२ हजार ९५ रुपैयाँ ४१ पैसा खर्च गर्नेछ ।प्रस्तावित लाभांश नेपाल