काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । फागुन ३ गते बिहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी १ अर्ब ५५ करोड १० लाख ८८ हजार रुपैयाँका आधारमा १० दशमलव ५३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
कुल लाभांशमध्ये १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश दिने तयारी कम्पनीले गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
यस वर्ष कम्पनीले गत वर्षभन्दा कम लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले १० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ११ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।