काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष ६ दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
पुस १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा ४ करोड २० लाख ७६ हजार ३०२ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी ६६ करोड ५७ लाख ६४ हजार रुपैयाँ छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । कम्पनीले गत वर्षभन्दा यस वर्ष कम लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले २३ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । यस वर्ष भने कम्पनीले नगद लाभांशमा जोड दिएको हो । रासस