आरएमडीसी लघुवित्तले२५ प्रतिशत लाभांश दिने

आरएमडीसी लघुवित्तले लाभांश घोषणा गरेको छ । लघुवित्तको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७-०७८ को सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।लघुवित्तले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमध्ये २० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनका लागिसमेत गरी ५ प्रतिशत नगद लाभांश वितरण […]

सम्बन्धित सामग्री

आरएमडीसी लघुवित्तको वार्षिक साधारणसभा सम्पन्न, बोनससहित पारित भए यी प्रस्ताव

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाको २४ औं वार्षिक साधारण सभा  शुक्रवार  काठमाडौमा सम्पन्न भएको छ । उक्त सभाले सञ्चालक समितिका अध्यक्ष सुजाता जोशीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/ ०७९ कोे वार्षिक प्रतिवेदनसहित आर्थिक वर्ष २०७८/ ०७९ को वासलात, नाफा नोक्सान तथा नगद प्रवाह विवरण स्वीकृत गरेको छ । कम्पनीले आव २०७८/ ०७९ मा ५० करोड ५५ लाख रुपैयाँ सञ्चालन नाफा गरेको र शेयरधनीहरुलाई चुक्तापूँजीको २६ प्रतिशत बोनस शेयर र १ दशमलव ३६४८% नगद लाभांश (कर प्रयोजनको लागि) दिने प्रस्ताव सभाले स्वीकृत गरेको छ ।  उक्त सभाले आरएमडीसी लघुवित्त वित्तीय संस्था र साना किसान लघुवित्त वित्तीय संस्था एकापसमा गाभ्ने/ गाभिने (मर्जर) सम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ । जसअनुसार आरएमडीसीको १०० कित्ता शेयर बराबर मर्जपछि बन्ने संस्थाको ८७ कित्ता शेयर प्राप्त हुने गरी शेयर आदान प्रदान अनुपात (१००ः८७) कायम गर्ने समेत सभाले स्वीकृत गरेको छ ।

आरएमडीसी लघुवित्तले चैत १० गते बोलायो साधारण सभा

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत १० गते २४ औं वार्षिक साधारण सभा बोलाएको छ ।  गत फागुन १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अमृतभोग कालिकास्थान, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष २०७८/ ०७९ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरण पारित गर्नुका साथै प्रस्तावित कुल २७ दशमलव ३७ प्रतिशत लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ ।  कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. १ अर्ब २४ करोड १० लाख ६६ हजारको आधारमा २६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।उल्लिखित प्रस्तावसँगै साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडसँगको मर्जर प्रस्तावलाई समेत सभाले स्वीकृति प्रदान गर्नेछ । आरएमडीसी लघुवित्तको १०० कित्ता शेयर बराबर मर्जर पछिको संस्थाको शेयर ८७ कित्ता प्राप्त हुने गरी यी दुई कम्पनी मर्जरमा जान लागेका हुन । साना किसान लघुवित्तका शेयरधनीहरूको भने शेयर संख्यामा कमि हुनेछैन् । यो सभाले मर्जरका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि गर्नेछ । साधारण सभा प्रयोजनका लागि चैत १ गतेदेखि १० गतेसम्म बुक क्लोज गर्ने तया्री कम्पनीको छ । बुक क्लोजको आधारमा फागुन ३० गतेसम्म कायम शेयरधनीहरूले कम्पनीको लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।

आरएमडीसी लघुवित्तको साधारणसभा सम्पन्न

काठमाडौं (अस) । आरएमडीसी लघुवित्त वित्तीय संस्थाको २३ औं वार्षिक साधारणसभा भर्चुअल माध्यमबाट सम्पन्न भएको छ । साधारणसभामा कम्पनी सञ्चालक समिति अध्यक्ष सुजाता जोशीले प्रस्तुत गरेको आव ०७७/७८ कोे वार्षिक प्रतिवेदनसहित आव ०७७/७८ को वासलात, नाफा नोक्सान तथा नगद प्रवाह विवरण स्वीकृत गरेको छ । साधारणसभाले शेयरधनीका लागि प्रस्तावित २० प्रतिशत बोनस शेयर तथा ५ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पारित गरेको छ । साधारणसभाले भीमप्रसाद तिमल्सिना र मुरलीप्रसाद शर्मालाई सर्वसाधारण शेयरधनीबाट सञ्चालक समितिमा आगामी चार वर्षका लागि निर्विरोध चयन गरेको छ । अधिकृत पुँजी १ अर्ब ५० करोड रहेको वित्तीय संस्थाको जारी तथा चुक्ता पुँजी १ अर्ब ३ करोड ४२ लाख रहेको छ । २० प्रतिशत बोनस शेयर दिने प्रस्ताव स्वीकृतपछि कम्पनीको जारी तथा चुक्ता पुँजी १ अर्ब २४ करोड १० लाख पुग्नेछ ।

आरएमडीसीले २५ प्रतिशत लाभांश दिने

आरएमडीसी लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ ।संस्थाको २३औं वार्षिक साधारण सभाले सञ्चालक समितिद्वारा सेयरधनीहरुको लागि प्रस्तावित २० प्रतिशत बोनस सेयर तथा ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव स्वीकृत गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७÷०७८ मा सञ्चालन मुनाफा ३१ करोड १० लाख आर्जन गरेको जनाएको छ ।उक्त साधारण […]

आरएमडीसी लघुवित्तको साधारण सभा सम्पन्न, २५ % लाभांश पारित

माघ १, काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिको २३ औं वार्षिक साधारण सभा शुक्रवार भर्चुअल माध्यमबाट सम्पन्न भएको छ । उक्त सभाले संचालक समितिका अध्यक्ष सुजाता जोशीले प्रस्तुत गरेको आव २०७७/ ०७८ कोे वार्षिक प्रतिवेदनसहित आव २०७७/ ०७८ को वासलात, नाफा नोक्सान तथा नगद प्रवाह विवरण स्वीकृत गरेको छ । प्रस्तुत विवरण अनुसार कम्पनीले आर्थिक वर्ष २०७७/ ०७८ मा सञ्चालन मुनाफा ३१ करोड १० लाख रुपैयाँ आर्जन गरेको छ ।  सभाले सञ्चालक समितिद्वारा शेयरधनीहरुको लागि प्रस्तावित २० प्रतिशत बोनस शेयर तथा पाँच प्रतिशत नगद लाभांश दिने प्रस्ताव स्वीकृत गरेको छ । साथै सोही साधारण सभाले  भिम प्रसाद तिमल्सिना र मुरली प्रसाद शर्मालाई सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा आगामी चार वर्षको लागि नियुक्त गरेको छ । अधिकृत पूँजी १ अर्व ५० करोड रुपैयाँ रहेको उक्त कम्पनीको जारी तथा चुक्तापूँजी १ अर्ब ३ करोड ४२ लाख रुपैयाँ रहेको छ । २० प्रतिशत वोनस शेयर दिने प्रस्ताव स्वीकृत पश्चात कम्पनीको जारी तथा चुक्तापूँजी रु. १ अर्ब २४ करोड १० लाख रुपैयाँ पुग्ने छ । कम्पनीको आव २०७६/ ०७७ को अन्त्यमा १७३ ओटा साझेदार संस्थाहरुसँग ८ अर्ब ६ करोड रुपैयाँ कर्जा लगानीमा रहेकोमा, आव २०७७/ ०७८ को अन्त्यमा २९३ ओटा साझेदार संस्थाहरुसँग  ११ अर्ब ८१ करोड रुपैयाँ कर्जा लगानी रहेको छ ।

आरएमडिसी लघुवित्तको साधारणसभा आह्वान, यस्ता छन् १० बुँदे प्रस्ताव

आरएमडिसी लघुवित्त वित्तीय सँस्थाले साधारणसभा आह्वान गरेको छ ।  कम्पनीले पुस ३० गते काठमाडौँको कालिकास्थान स्थित अमृतभोगमा  सभा आह्वान गरेको हो ।  सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  कम्पनीले आर्थिक बर्ष २०७७-०७८ बाट आफ्ना सेयरधनिहरुलाई  २० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहितको लागि ५ प्रतिशत नगद गरि कुल २५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ।   साधारणसभाले पारित गरेपश्चात उक्त लाभांश सेयरधनिहरुमा वितरण हुनेछ।  कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।  पुस १६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।  यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु: सामान्य प्रस्ताव १. सञ्चालक समितिको तर्फबाट २३ औं वार्षिक साधारण सभामा प्रस्तुत आ.व. २०७७/०७८ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने । २. लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात, आ.व. २०७७/७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरणसंग सम्बद्ध अनुसूचीहरु सहितको आ.व. २०७७/०७८ को वित्तीय विवरण माथि छलफल गरी पारित गर्ने । ३. संचालक समितिले प्रस्ताव गरे अनुसार चुक्ता पूँजी रु. १,०३,४२,२१,९००/- को ५% ले हुने रकम रु.५,१७,११,०९७/- नगद लाभांश (बोनस शेयर र नगद लाभांशमा लाग्ने कर सहित) पारित गर्ने । ४. लेखापरीक्षण समितिको सिफारिश बमोजिम आर्थिक वर्ष २०७८/७९ को हिसाव किताव लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने । ५. संस्थाको नियमावली अनुसार सर्वसाधारण शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने २ जना संचालकको निर्वाचन गर्ने ।विशेष प्रस्ताव: १. संचालक समितिले सिफारिश गरे बमोजिम चुक्ता पूँजी रु. १,०३,४२,२१,९००/- को २०% ले हुने रकम रु.२०,६८,४४,३८८/- बराबरको वोनस शेयर जारी गर्ने प्रस्ताव पारित गर्ने । उक्त अनुपातमा बोनस शेयर जारी गर्दा हुन आउने भिन्न अंक (fraction) लाई पहिलेको भिन्न अंकसंग समायोजन गरी बाँकी हुन आउने भिन्न अंक पछि समायोजन गर्ने गरी यथावत राख्ने। २. आरएमडीसी लघुवित्त वित्तीय संस्था लि. र अन्य उपयुक्त लघुवित्त वित्तीय संस्था (हरु) एक आपसमा गाभ्न/गाभिन (मर्जर गर्न वा प्राप्ति) वा प्राप्त गर्न उपयुक्त देखिएमा वित्तीय संस्थाको चल अचल सम्पत्ति र दायित्व तथा कारोवारको मूल्यांकनका लागि मूल्याकनकर्ता नियुक्त गर्ने, गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धी सम्झौता गर्न तथा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्यहरु अगाडी बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गर्ने।३. संस्थाको जारी तथा चुक्ता पूँजी बृद्धि गर्ने र सोही बमोजिम प्रबन्धपत्रको सम्बन्धित दफाहरुमा आवश्यक संशोधन गर्ने। ४. संस्थाको नियमावलीको नियम २९ को उपनियम (१) (ख) संशोधन गर्ने । ५. प्रबन्धपत्र र नियमावली संशोधन सम्बन्धमा कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड तथा अन्य निकायबाट स्वीकृत गराउनको लागि आवश्यकता अनुसार सोमा थपघट परिमार्जन, संशोधन तथा सच्याउनको लागि गर्नुपर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई अख्तियारी दिने ।

आरएमडीसी लघुवित्त वित्तीय संस्था : कम्पनी विश्लेषण (मंगलवार, ८ असार २०७८)

कम्पनीको शेयर मूल्यमा अघिल्लो कारोबार दिनको तुलनामा सोमबार २५ रुपैयाँले कमी आएको छ । शेयर मूल्य प्रतिकित्ता रु. १ हजार २९० मा झरेको हो । कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्म रु. २० करोड ५३ लाख ३० हजार नाफा कमाएको छ । गत आवको तेस्रो त्रैमासमा कम्पनीले रु. १५ करोड १४ लाख नाफा कमाएको थियो । नाफा गत आवको तुलनामा चालू आवमा ३५ प्रतिशतले वृद्धि भएको हो । चालू आवको तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । कम्पनीको प्रतिशेयर आम्दानी रु. २६ दशमलव ४७ रहेको छ । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई यस वर्ष १५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । निष्कर्ष कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा छोटो टुप्पी र पुच्छरसहितको कालो शरीरको मैनबत्ती बनेको छ । यस्तो आकृतिले बजारमा कम्पनीको शेयर मूल्य घट्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ४७ दशमलव ३७ बिन्दुमा छ । यसले शेयर खरिद बिक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ३५ दशमलव ९६ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा काटेर तल झरेको छ । सोमबारको शेयर मूल्य रु. १ हजार २९० देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. १ हजार २६८ मा टेवा पाउने र महँगिए रु. १ हजार ३४५ मा प्रतिरोध पाउने देखिन्छ ।