नेष्डो समृद्ध लघुवित्तले वितरण गर्‍यो १७.९३ प्रतिशत नगद लाभांश

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्षको नगद लाभांश वितरण गरेको छ । कम्पनीले असोज २६ गते सम्पन्न चौथो वार्षिक साधारण सभाबाट पारित भएको करसमेत १७ दशमलव ९३ प्रतिशत नगद लाभांश असोज २९ गतेदेखि वितरण गर्न शुरु गरेको हो । कम्पनीले अघिल्लो आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट यो लाभांश वितरण गरेको हो । कम्पनीले २०७९ असार मसान्तसम्म कायम चुक्ता पूँजी २५ करोड ५० लाख रुपैयाँको आधारमा ४ करोड ५७ लाख ३२ हजार २१० हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गरेको हो । नगद लाभांश सम्बन्धित शेयरधनीहरूको बैंक खातामै जम्मा गरिने भएकाले बैंक खाता अद्यावधिक गराउनसमेत कम्पनीले अनुरोध गरेको छ । लाभांश प्रयोजनका लागि कम्पनीले असोज १८ गतेदेखि २६ गतेसम्म बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा असोज १७ गतेसम्म कायम शेयरधनीहरू मात्र नगद लाभांश पाउनेछन् । असोज १७ गतेसम्म आफ्नो शेयर धितो बन्धक राखेका सदस्यहरूको हकमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फुकुवापत्र प्राप्त भएपछि मात्र नगद लाभांश जम्मा गरिने जानकारी कम्पनीले दिएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट ५० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि २३ दशमलव ६८ प्रतिशत नगद लाभांश गरी कुल ७३ दशमलव ६८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेकोमा नेपाल राष्ट्र बैंकले १७ दशमलव ९३ प्रतिशत मात्र लाभांश वितरणका लागि स्वीकृति प्रदान गरेको हो । 

सम्बन्धित सामग्री

साधारण सभाका लागि म्याद थप्न नेष्डो समृद्ध लघुवित्तको आग्रह

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारणसभाका लागि चैत मसान्तसम्मको अवधि थप गर्न आग्रह गरेको छ ।  लेखापरीक्षण नभएकाले यही पुस मसान्तभित्र साधारणसभा गर्न नसकिने भन्दै कम्पनीले उक्त अवधि थप गर्न सम्बन्धित सरोकारवाला निकायहरूसमक्ष आग्रह गरेको हो ।  कम्पनीले अघिल्लो आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण गत असोज २६ गते पारित गरेको थियो । अघिल्लो वर्षको वार्षिक साधारण सभासमेत कम्पनीले ढिलो सम्पन्न गरेको थियो । कम्पनीले अघिल्लो आर्थिक वर्षको सञ्चित मुनाफाबाट करसमेत १७ दशमलव ९३ प्रतिशत नगद लाभांश वितरण गरको थियो ।

नेष्डो समृद्ध लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि असोज १८ गते बुक क्लोज गरेकाले आज अर्थात् असोज १७ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।  कम्पनीले आर्थिक वर्ष २०७८/७९ सम्मको मुनाफाबाट शेयरधनीलाई १७ दशमलव ९४ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले असोज २६ गते साधारण सभा बोलाएको छ । सभा पर्वतको रोयल कुश्मा रिसोर्टमा उक्त दिन दिउँसो १ः३० बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ ।

४० अंक बढेर २५६८.२५ विन्दुमा नेप्से, २ अर्ब २५ करोड बराबरको शेयर खरीदविक्री

चैत १६, काठमाडौं । साताको चौथो कारोबार दिन नेप्से परिसूचक ४० दशलमव ६८ अंक बढेर २ हजार ५६८ दशमलव २५ विन्दुमा पुगेको छ ।  यो दिन कारोबारमा आएका २३२ धितोपत्रको ४५ लाख २ हजार ५११ कित्ता शेयरको ३६ हजार ११ पटकमा रू. २ अर्ब २५ करोड बराबरको शेयर खरीदविक्री भएको हो । यो दिन कारोबारमा आएका ती धितोपत्रमध्ये तीन ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । इमर्जिङ्ग नेपालको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत वृद्धि र  नेपाल राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।   यो दिन इमर्जिङ्ग नेपालको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ११३ दशमलव ५०,नेपाल राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको रू. १ हजार १९९ दशमलव ६० र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको रू. ९५९ दशलमव ८० पुगेको छ । त्यसैगरी बुधवार ९.५ ∞एनसीसी डिबेञ्चर २०८६ नामक ऋणपत्रको मूल्य २ प्रतिशत घटेर रू. ९२१ दशमलव २० कायम भएको छ ।  त्यसैगरी दोस्रोमा युनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य १ दशलमव ९५ प्रतिशत घटेर रू. १९ हजार २ कायम भएको हो ।  बुधवार सर्वाधिक शेयर खरीदविक्री सिद्धार्थ इन्स्योरेन्स कम्पनीको भएको छ । कम्पनीको रू. ११ करोड २७ लाख बराबरको शेयर खरीदविक्री भएको हो । यो दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार २५ कायम भएको छ । यस कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बुधवार रहेकाले पनि सर्वाधिक शेयर खरीदविक्री भएको हो । कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत १७ गते बुक क्लोज गरेको थियो । आव २०७७/ ७८ सम्मको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र शून्य दशलमव ७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले चैत ३० गते साधारण सभा बोलाएको छ । कम्पनीले सभा नेपाल पर्यटन बोर्डको सभाकक्ष भृकुटीमण्डपमा हुने जानकारी दिएको छ । यो दिन सर्वाधिक शेयर खरीदविक्री गर्ने दोस्रोमा प्रभु इन्स्योरेन्स कम्पनी रहेको छ । उक्त कम्पनीको संस्थापकतर्फको रू. १० करोड ९२ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कारोबारमा आएका १३ ओटै समूहकै परिसूचक बढेसँगै समग्र नेप्से परिसूचक बढेको हो । बैंकिङ समूहको परिसूचक शून्य दशलमव २३ प्रतिशत, व्यापार समूहको शून्य दशलमव ३८ प्रतिशत,होटल एण्ड टुरिजम समूहको २ दशमलव ५१ प्रतिशत,विकास बैंक समूहको ३ दशलमव ३२ प्रतिशत,हाइड्रोपावर समूहको २ दशमलव ५१ प्रतिशतले वृद्धि भएको छ ।  यस्तै वित्त समूहको ३ दशलमव २९ प्रतिशत,निर्जीवन बीमा समूहको १ दशमलव ५८ प्रतिशत,उत्पादन तथा प्रशोधन समूहको १ दशमलव ४९ प्रतिशत,अन्य समूहको ४ दशमलव १२ प्रतिशत,लघुवित्त समूहको १ दशमलव ४३ प्रतिशत,जीबन बीमा समूहको १ दशमलव ४८ प्रतिशत,म्युचुअल फण्ड समूहको १ दशमलव ३ प्रतिशत र लगानी समूहको परिसूचक २ दशलमव ७६ प्रतिशतका दरले वृद्धि भएको हो । बुधवार नेप्से परिसूचक सँगै कारोबार रकममा पनि वृद्धि भएको छ ।  केही महीनादेखि अधिकांश बुधवार घटेको बजार यसपालिको बुधवार भने बढेर बन्द भएको छ । अव विस्तारै वित्तीय प्रणालीमा तरलता सहज हुनेछ । वैशाख महीना लागेसँगै सूचीकृत कम्पनीहरुले तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्नेछन् । यसले गर्दा पनि खरीदकर्ता आकर्षित हुने देखिन्छ । त्यसोत यो बीचमा बजार धेरै घटिसकेको छ  । घटेको बजारमा खरीदकर्ता हवी भएकाले पनि बुधवार बजार बढेको देखिन्छ ।