इन्फिनिटि लघुवित्तले आफ्ना सेयरधनी लगानीकर्ताहरुलाई अधिकतम २९.१६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत गत आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट २७.७० प्रतिशत बोनस सेयर र १.४६ प्रतिशत नगद लाभांश दिने भएको हो । गत शनिबार बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो ।वितरण प्रस्ताव अनुसार लघुवित्तले बोनस सेयर तर्फ कुल ८ करोड ९९ लाख ९ हजार ८१२ रुपैयाँ ७४ पैसा वितरण गर्ने छ भने नगद बोनस तर्फ कुल ४६ लाख ३२ हजार ९५ रुपैयाँ ४१ पैसा खर्च गर्नेछ ।प्रस्तावित लाभांश नेपाल