चितवन– नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले लामो समयसम्म बिजुलीको बक्यौता नतिर्ने दुई ठूला ग्राहकको लाइन काटेको छ। भरतपुर महानगरपालिका–१५ रामपुरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाइरहेको धुर्मुस सुन्तली फाउण्डेशन र माउण्ट एभरेष्ट ब्रुअरीको लाइन काटिएको प्राधिकरणले जनाएको छ । फाउण्डेशनले बिजुलीको आठ लाख ८७ हजार रुपैयाँ बक्यौता महसुल नतिरेपछि बुधबार लाइन काटिएको भरतपुर वितरण केन्द्रका […]