बालहठ : आयातित सिनेमालाई प्रतिबन्ध लगाएर घरेलु सिनेमाको उत्थान

नेपालको कुनै भू-भागमा हुने सीमा अतिक्रमण भन्दा भयानक सांस्कृतिक हस्तक्षेप हो, जुन आज हाम्रो घर-भान्सासम्म आइपुगेका छन् । किनभने देश भनेको भूगोल मात्र होइन । यो त नेपाली मन र नेपाली पनलाई अभिन्न रुपमा जोड्ने कला, संस्कृति, रहनसहनको सीमाहीन फैलावट हो ।

सम्बन्धित सामग्री

चीनको पहिलो घरेलु प्यासेञ्जर जेटले भर्यो पहिलो उडान

काठमाडौं । चीनमा घरेलु स्तरमा बनेको पहिलो जेट विमानले आफ्नो पहिलो उडान गरेको छ । कमर्शियल एयरक्राफ्ट कर्पोरेशन अफ चाइना (कम्याक)ले बनाएको सी९१९ ले आइतवार पहिलो पटक आफ्नो व्यावसायिक उडान गरेको थियो । बिहान १०ः३० बजेपछि विमानले शाङहाई हङछिओ विमानस्थलमाथि उडेको थियो ।  विमानमा चाइना इष्टर्न एयरलाइन्सको एमयू ९१९१ फ्लाइटका १३० जना यात्री सवार थिए । यसलाई हवाई जहाज निर्माणमा अमेरिका र यूरोपको वचर्श्व तोड्ने चिनियाँ प्रयासको रूपमा हेरिएको हो ।  अहिलेसम्म विश्वभर हवाई जहाज विक्रीको मामिलामा अमेरिकी कम्पनी बोइङ र फ्रान्सेली कम्पनी एयरबसकै दबदबा छ । पछिल्लो समय चीनले घरेलु स्तरमै हवाईजहाज बनाउन लगानीको खोलो नै बगाएको छ ।  जहाज बनाउने कयौं प्रविधिको मामिलामा चीन आत्मनिर्भर पनि बन्दै गएको छ । चीनले छिट्टै नै बोइङ र एयरबसलाई जहाज विक्रीमा कडा टक्कर दिने अड्कलबाजी बढेको छ । चीन विश्वको सबैभन्दा ठूलो हवाई उड्ययन बजार हो । तर, अहिलेसम्म यहाँका कम्पनीहरू आयातित विमानमै निर्भर थिए ।  बोइङको ७३७ म्याक्स जेट र एयरबसको ए३२० नियो विमानका लागि दशकको अन्त्यसम्म अर्डर भरिभराउ भइसकेको छ । अहिले तत्कालै न्यारो बडी विमान खोज्नेका लागि सी९१९ राम्रो विकल्प हुन सक्छ । कम्याकले हजार ओटाभन्दा धेरै सी१९१९ का लागि अर्डर पाइसकेको छ । तर, यीमध्ये अधिकांश अर्डर पुष्टि भने भइसकेका छैनन्, जसमा अधिकांश चिनियाँ कम्पनीहरूको हो । कम्याकले यी अर्डरहरू पूरा गर्न सक्छ कि सक्दैन भन्नेमा शंका छ । इन्जिनलगायत पार्टस्का लागि कम्पनी जनरल इलेक्ट्रिकलगायत कम्पनीहरूमाथि निर्भर छ ।  सी९१९ ले अहिलेसम्म चीनभित्र मात्रै उडानको अनुमति पाएको छ । युरोपेली आकाशमा विमान उडाउने अनुमति पाइसकेको छैन । योसम्बन्धी निवेदन प्रक्रियामै छ । कम्याकलाई १ थान सी९१९ बनाउन ९ करोड ९० लाख डलर खर्च लागेको थियो । उसले छूट दिएर विमान कतिमा बेच्छ भन्ने खुलेको छैन । एजेन्सी

फलेबासको सातु विदेशसम्म

गाउँघरमा आयातित जंक फुडको प्रयोग बढ्दो छ । नेपाल सरकारले नै बजेटको व्यवस्था गरेका सामुदायिक विद्यालयमा दिवा खाजामा समेत प्याकेटका खाना खुवाउने चलन छ ।जिल्लाको एउटा घरेलु उद्योगले भने मकै, भटमास, गहुँलगायत प्रशोधन गरी तयार पारेको सातु युरोप, अमेरिकालगायत मुलुकमा निर्यात गर्दै आएको छ ।

भारतको बजेट : कार, मोबाइल, टिभी सस्तो हुने, आयातित गरगहना महँगिने

काठमाडौं । भारतीय वित्त मन्त्री निर्मला सीतारमणले बुधवार आर्थिक वर्ष २०२३/२४ को लागि केन्द्रीय बजेट प्रस्तुत गरेकी छन् ।  उनले प्रस्तुत गरेको बजेटमा कार, स्मार्टफोन, टिभीलगायत वस्तुमा भन्सार महसुल घटाउने घोषणा गरेकी छन् । यसबाहेक बजेटमा केही वस्तुको आयातमा लाग्ने उपकर र करमा पनि कटौती गर्ने घोषणा भएको छ ।  'मेड इन इन्डिया'लाई टेवा दिन केन्द्र सरकारले क्यामराको लेन्स जस्ता केही पार्ट्समा भन्सार महसुल छूट दिने घोषणा गरेको छ । थप एक वर्षका लागि लिथियम ब्याट्री सेलका लागि कर छूट लम्ब्याइने बताइएको छ । हातेफोनको पार्ट्समा छूटबाहेक पनि टिभी उत्पादन बढाउन टिभी प्यानलको सेलमा कर घटाएर साढे २ प्रतिशतमा झारिएको छ । विद्युतीय सवारी साधन, साइकल, अटोमोबाइल पनि सस्तो हुने भएको छ । खेलौनामा लाग्दै आइएको कर घटाएर १३ प्रतिशतमा झारिएको छ ।  टेक्सटाइल बाहेकका आधारभूत भन्सार महसुल २१ प्रतिशतबाट घटाएर १३ प्रतिशतमा झारिनेछ । सुन र चाँदीको भन्सार महसुल बढाइएको छ । अर्थात् आयातित गरगहनाको मूल्य बढ्नेछ ।  विद्युतीय किचन चिम्निको भन्सार महसुल भने साढे ७ प्रतिशतबाट बढाएर १५ प्रतिशतमा पुर्‍याइएको छ । घरेलु उत्पादन र व्यापारीहरूलाई टेवा दिन विदेशबाट आउने चाँदीका सामान, चाँदीका ढोकाहरूको पनि महँगो बनाइएको छ । सुनचाँदी र प्लेटिनम महँगो हुनेछ । यसबाहेक हीरा, सुन र चाँदीका भाँडाकुँडा महँगो हुनेछ । वित्तमन्त्री सीतारमणले चुरोटमा कर बढाउने घोषणा गरेकी छन् । चुरोटमा भन्सार महसुल बढाएर १६ प्रतिशतमा पुर्‍याइएको छ । यसले चुरोट महँगो बनाउने छ ।

अलैंची प्रतिस्थापन गर्दै सुकुमेल

नेपालमा उत्पादन हुने अलैंचीमध्ये ४ प्रतिशत मात्रै घरेलु बजारमा खपत हुन्छ । बाँकी अलैंची भारतमार्फत अन्तर्राष्ट्रिय बजारमा पुर्‍याइन्छ । तर, अलैंचीको ठाउँमा आयातित सुकुमेलको प्रयोग बढ्दो छ । यसरी अलैंचीलाई घरेलु बजारमा शतप्रतिशत आयात हुने सुकुमेलले प्रतिस्थापन गरिरहेको नेपाल अलैंची व्यवसायी महासंघले जनाएको छ ।

विनर लिकरको वितरकमा एसपीजी ट्रेडिङ नियुक्त

एसपीजी ट्रेडिङका निर्देशक गौरव शारदा नेपालमा पर्नोड रिचार्डका आयातित ब्रान्डका आधिकारिक आयातकर्ता हुन् ।उनी अब रोयल स्ट्याग र भविष्यका सिग्रामका ब्राण्डहरू (पर्नोड रिचार्डको घरेलु पोर्टफोलियो) जुनविनर लिकर्सले नेपालमा उत्पादन गर्छ, सो का लागि राष्ट्रिय वितरकका रूपमा नियुक्त भएका छन् ।विनरलिकर उद्योग प्रालि पर्नोड रिचार्ड इन्डिया, विश्वको अग्रणी अल्कोबेभ कम्पनीसँगको एक संयुक्त उद्यम हो । कोहली […]

एन्टीडम्पिङ शुल्क कस्तो अवस्थामा लगाउन सकिन्छ ?

विदेशी मुलुकबाट व्यापारिक वा अन्य प्रयोगका लागि नेपालमा मालवस्तु अधिक आयात गर्ने कार्यले स्वदेशी उद्योगलाई पक्कै पनि असर पार्छ । सहुलियत प्राप्त वा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अनुदान प्राप्त मालवस्तुको आयातले गर्दा पनि स्वदेशी उद्योगलाई हानिनोक्सानी हुन सक्छ । यस्तो हानिनोक्सानी हुन नदिन वा त्यस्तो गम्भीर हानिनोक्सानीको कारणबाट उद्योगलाई संरक्षण प्रदान गर्न सेफ गार्डस् उपाय, एन्टीडम्पिङ तथा काउन्टरभेलिङ महसुल लगाई आवश्यक संरक्षण प्रदान गर्न सक्छ । फिलिपिन्समा काउन्टरभेलिङ महसुल ऐन १९९९ जारी गरी त्यहाँको घरेलु उद्योगलाई संरक्षण प्रदान गर्ने व्यवस्था गरेको छ । भारतमा काउन्टरभेलिङ महसुललाई भन्सार महसुलजस्तै मानी असुल गर्ने व्यवस्था गरेको छ । सिंगापुरमा काउन्टरभेलिङ तथा एन्टीडम्पिङ महसुल ऐन १९९६ को आधारमा मालवस्तुमा यो महसुल उठाउँदै आएका छन् । अमेरिकामा ट्यारिफ ऐन १९३० कार्यान्वयनमा रहेको छ । नेपालमा सेफ गार्डस्, एन्टीडम्पिङ तथा काउन्टरभेलिङ ऐन २०७६ तथा यसको नियमावली २०७७ जारी भइसकेको छ । नेपालमा स्वदेशी उद्योगलाई संरक्षण प्रदान गर्न विदेशी मुलुकबाट आयातित मालवस्तुमा भन्सार महसुल जस्तै एन्टीडम्पिङ तथा काउन्टरभेलिङ  महसुल लगाउन सक्छ । काउन्टरभेलिङ  महसुल आयातित मालवस्तुमा लगाइने अतिरिक्त कर हो । स्वदेशी मालवस्तुलाई हानिनोक्सानी हुन नदिन विदेशबाट आयातित मालवस्तुमा ऐनको दफा १४ बमोजिम काउन्टरभेलिङ  महसुल लगाउने गरिन्छ । मालवस्तुमा यो महसुल लगाउनुपर्ने भएमा त्यसको आधार र महसुल दर, कारण र मिति, अवधि थप गर्नुपर्ने सिफारिश वा अन्य आवश्यक कुरा प्रतिवेदनमा खुलाउनुपर्छ । अनुसन्धान अधिकारीले दिएको प्रतिवेदनबाट यस ऐन बमोजिम एन्टीडम्पिङ महसुल र काउन्टरभेलिङ महसुल दुवै लगाउन सकिने देखिएमा त्यसमध्ये कुनै एकभन्दा बढी महसुल लगाइने छैन । कसैले पनि स्वदेशी उद्योगलाई हानिनोक्सानी हुने गरी मालवस्तु आयात गरेमा नेपाल सरकारले ऐनको दफा २६ बमोजिम प्राप्त प्रतिवेदनको आधारमा त्यस्तो मालवस्तुमा भन्सार महसुलको अतिरिक्त काउन्टरभेलिङ  महसुल लगाउन सक्छ । विकासोन्मुख मुलुकबाट आयातित मालवस्तुको हकमा निर्यात मूल्यको २ प्रतिशतभन्दा कम तथा अन्य मुलुक वा स्वायत्त भन्सार क्षेत्रको हकमा १ प्रतिशतभन्दा कम सहुलियत वा प्रत्यक्ष वा अप्रत्यक्ष अनुदान प्रदान गरिएका मालवस्तुमा काउन्टरभेलिङ  महसुल लगाइने छैन । त्यस्तै कुनै एक विकासोन्मुख मुलुकबाट आयात गरिएको सहुलियत वा प्रत्यक्ष वा अप्रत्यक्ष मालवस्तुको परिमाण नेपालमा हुने मिल्दोजुल्दो वा समरूप प्रकृतिका मालवस्तुको आयातको कुल परिणामको ४ प्रतिशतभन्दा कम देखिएमा पनि यो महसुल लगाइने छैन । नेपालमा आयात हुने त्यस प्रकृतिको मालवस्तुको कुल परिणामको ९ प्रतिशत वा त्योभन्दा कम आयात हुने सहुलियत प्राप्त मालवस्तुमा यो महसुल लगाउन सकिन्छ । व्दिपक्षीय वा वहुपक्षीय सम्झौताअन्तर्गत वस्तुगत वा नगद अनुदानस्वरूप नेपाल सरकारलाई प्राप्त हुने मालवस्तुमा भने यो महसुल लगाइने छैन । अनुसन्धान अधिकारीले अनुसन्धान प्रारम्भ भएको सूचना सार्वजनिक गरेको, अनुसन्धान प्रारम्भ गरेको कम्तीमा ६० दिन पूरा भएको, तत्काल प्राप्त प्रमाणको आधारमा मालवस्तु सहुलियत प्राप्त भएको वा प्रत्यक्ष वा अप्रत्यक्ष अनुदान प्राप्त भएको मालवस्तु देखिएको, स्वदेशी उद्योगलाई हानिनोक्सानी वा गम्भीर हानि नोक्सानी भएको देखिएमा, प्रारम्भिक प्रतिवेदनबाट काउन्टरभेलिङ  महसुल लगाउने सिफारिस भएको अवस्थामा अन्तरिम प्रकृतिको काउन्टरभेलिङ  महसुल लगाउन सकिन्छ । यस किसिमको महसुल लगाउँदा सहुलियत मार्जिनमा नबढ्ने गरी लगाउनुपर्छ । यो महसुल अनुसन्धान अधिकारीले प्रतिवेदन पेश गरेको दिनदेखि बढीमा १ सय २० दिनसम्म लगाउनुपर्छ । अनुसन्धानको दायरामा रहेको मालवस्तुमा निर्यातकर्ता मुलुक वा स्वायत्त भन्सार क्षेत्रको सरकारबाट वा त्यस्तो सरकारको आंशिक वा पूर्ण स्वामित्व भएको वित्तीय वा अन्य सहयोग प्राप्त कुनै संस्था वा निकायबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा उल्लिखित सहयोग प्राप्त भएको देखिएमा सहुलियत वा अनुदान उपलब्ध गराएको मानिने गरी ऐनको दफा ३० को उपदफा (१) मा कानूनी व्यवस्था गरेको छ । यस उपदफामा जुनसुकै कुरा लेखिए पनि त्यस्तो मालवस्तुको निर्माता, उत्पादक वा निर्यातकर्ताद्वारा वा निजको तर्फबाट सञ्चालित अनुसन्धानात्मक कार्यको लागि प्रदान गरिएको सहुलियत, आफ्नो मुलुकको विकट वा पिछडिएको क्षेत्रलाई लक्षित गरी प्रदान गरिएको सहुलियत र वातावरणको संरक्षणसँग सम्बद्ध नयाँ शर्त वा नियमको पालना गर्दा निर्माण, उत्पादन वा निर्यात प्रविधि वा प्रक्रियासम्बन्धी विद्यमान व्यवस्थामा सुधार गर्न मात्र सीमित भई प्रदान गरिएको सहुलियतलाई सुहलियत प्राप्त मालवस्तु नमानिने गरी यसैको उपदफा (२) मा व्यवस्था गरेको छ । काउन्टरभेलिङ  महसुल भन्सार महसुल, अन्त:शुल्क जस्तै अतिरिक्त महसुल हो यो महसुल लगाउने निर्णय भएको मितिबाट बढीमा ९० दिन अघिदेखि पश्चात्दर्शी असर हुने गरी लगाउन सक्छ । यो महसुल स्वदेशी उद्योगमा परेको वा पर्न सक्ने हानिनोक्सानी वा गम्भीर हानिनोक्सानीको प्रभाव नियन्त्रण गर्ने प्रयोजनका लागि आवश्यक देखिएको हद र अवधिको मात्र लगाउनुपर्छ । महसुल लगाउनुपूर्व त्यस्तो आयातित मालवस्तु सहुलियत प्राप्त वा प्रत्यक्ष वा अप्रत्यक्ष अनुदान प्राप्त भएको मालवस्तु हुनुपर्छ । त्यस्तो मालवस्तुको आयातको कारणले स्वदेशी उद्योगलाई हानिनोक्सानी वा गम्भीर हानिनोक्सानी पुगेको वा पुग्न सक्ने पर्याप्त आधार र प्रमाण भएको स्पष्ट देखिनुपर्छ । महसुल लगाउँदा सहुलियत मार्जिनमा नबढ्ने गरी लगाउनुपर्छ । महसुल लगाउँदा एक प्रकृतिको मालवस्तुमा फरकफरक दरमा लगाउन सकिन्छ । यो महसुल बढीमा ५ वर्षसम्मको अवधिका लागि कायम रहन्छ । यो महसुल पछि नलगाउनुपर्ने देखिएमा वा बढी महसुल लगाएको देखिएमा लगाउनु नपर्ने वा बढी लगाइएको महसुल भन्सार कार्यालयमार्फत आयातकर्तालाई फिर्ता दिनुपर्छ । यस किसिमको महसुल लगाउँदा स्वदेशी उद्योगको विकास हुने र राष्ट्रिय अर्थतन्त्र पनि बलियो हुने निश्चित छ । यसका लागि कानूनको सफल कार्यान्वयन हुनुपर्छ । लेखक अधिवक्ता हुन् ।

घरेलु मदिरासहित कुवेतमा तीन नेपाली पक्राउ

दोहा : कुवेतमा प्रतिबन्धित ९० बोतल घरेलु मदिरासहित तीन नेपाली पक्राउ परेका छन् । स्थानीयस्तरमा उत्पादित र आयातित ९० बोतल मदिरासहित तीन नेपाली बुटलेगरलाई पक्राउ गरिएको कुवेत प्रहरीले जनाएको छ । प्रहरीका अनुसार त्यहाँको सल्मिया क्षेत्रमा नियमित गस्तीमा खटिएको सुरक्षाकर्मीले फुटपाथ क्षेत्रमा पार्किङ गरेको गाडी नजिक प्रहरी पुगेपछि गाडीका चालकले भाग्न खोजेका थिए । चालकलाई […]

तरकारी र फलफूलमा विषादीको प्रभाव कम गर्ने चार घरेलु उपाय

आयातित मात्रै नभई नेपालभित्रै उत्पादन हुने तरकारी र फलफूलमा पनि विभिन्न विषादीका अवशेष हानिकारक तहमा रहेका विभिन्न अध्ययनहरूले देखाएका छन्। त्यस्ता विषादीको प्रभावबाट जोगिन घरभित्रै के गर्न सकिन्छ ? प्लान्ट क्वारेन्टाइन ...

भारतमा विद्युतीय सामानको भन्सार महसुल बढयो

भारत सरकारले घरेलु विद्युतीय उद्योगलाई बढावा दिन र बाहिरबाट आयातित उत्पादनको बिक्री घटाउने उद्देश्यले विद्युतीय उत्पादनहरू टेलिभिजन, मोबाइल फोन, वाटर हिटर र प्रोजेक्टरलगायतको भन्सार महसुलमा वृद्धि गरेको छ ।