नेपालमा उत्पादन हुने अलैंचीमध्ये ४ प्रतिशत मात्रै घरेलु बजारमा खपत हुन्छ । बाँकी अलैंची भारतमार्फत अन्तर्राष्ट्रिय बजारमा पुर्याइन्छ । तर, अलैंचीको ठाउँमा आयातित सुकुमेलको प्रयोग बढ्दो छ । यसरी अलैंचीलाई घरेलु बजारमा शतप्रतिशत आयात हुने सुकुमेलले प्रतिस्थापन गरिरहेको नेपाल अलैंची व्यवसायी महासंघले जनाएको छ ।