चीनको पहिलो घरेलु प्यासेञ्जर जेटले भर्यो पहिलो उडान

काठमाडौं । चीनमा घरेलु स्तरमा बनेको पहिलो जेट विमानले आफ्नो पहिलो उडान गरेको छ । कमर्शियल एयरक्राफ्ट कर्पोरेशन अफ चाइना (कम्याक)ले बनाएको सी९१९ ले आइतवार पहिलो पटक आफ्नो व्यावसायिक उडान गरेको थियो । बिहान १०ः३० बजेपछि विमानले शाङहाई हङछिओ विमानस्थलमाथि उडेको थियो ।  विमानमा चाइना इष्टर्न एयरलाइन्सको एमयू ९१९१ फ्लाइटका १३० जना यात्री सवार थिए । यसलाई हवाई जहाज निर्माणमा अमेरिका र यूरोपको वचर्श्व तोड्ने चिनियाँ प्रयासको रूपमा हेरिएको हो ।  अहिलेसम्म विश्वभर हवाई जहाज विक्रीको मामिलामा अमेरिकी कम्पनी बोइङ र फ्रान्सेली कम्पनी एयरबसकै दबदबा छ । पछिल्लो समय चीनले घरेलु स्तरमै हवाईजहाज बनाउन लगानीको खोलो नै बगाएको छ ।  जहाज बनाउने कयौं प्रविधिको मामिलामा चीन आत्मनिर्भर पनि बन्दै गएको छ । चीनले छिट्टै नै बोइङ र एयरबसलाई जहाज विक्रीमा कडा टक्कर दिने अड्कलबाजी बढेको छ । चीन विश्वको सबैभन्दा ठूलो हवाई उड्ययन बजार हो । तर, अहिलेसम्म यहाँका कम्पनीहरू आयातित विमानमै निर्भर थिए ।  बोइङको ७३७ म्याक्स जेट र एयरबसको ए३२० नियो विमानका लागि दशकको अन्त्यसम्म अर्डर भरिभराउ भइसकेको छ । अहिले तत्कालै न्यारो बडी विमान खोज्नेका लागि सी९१९ राम्रो विकल्प हुन सक्छ । कम्याकले हजार ओटाभन्दा धेरै सी१९१९ का लागि अर्डर पाइसकेको छ । तर, यीमध्ये अधिकांश अर्डर पुष्टि भने भइसकेका छैनन्, जसमा अधिकांश चिनियाँ कम्पनीहरूको हो । कम्याकले यी अर्डरहरू पूरा गर्न सक्छ कि सक्दैन भन्नेमा शंका छ । इन्जिनलगायत पार्टस्का लागि कम्पनी जनरल इलेक्ट्रिकलगायत कम्पनीहरूमाथि निर्भर छ ।  सी९१९ ले अहिलेसम्म चीनभित्र मात्रै उडानको अनुमति पाएको छ । युरोपेली आकाशमा विमान उडाउने अनुमति पाइसकेको छैन । योसम्बन्धी निवेदन प्रक्रियामै छ । कम्याकलाई १ थान सी९१९ बनाउन ९ करोड ९० लाख डलर खर्च लागेको थियो । उसले छूट दिएर विमान कतिमा बेच्छ भन्ने खुलेको छैन । एजेन्सी

सम्बन्धित सामग्री

भारी वर्षाका कारण सयभन्दा बढी हवाई उडान रद्द

वर्षाका कारण पाँच वटा अन्तर्राष्ट्रिय उडान तथा १०९ वटा घरेलु उडान रद्द गरिएको बताइएको छ।

भारी वर्षाका कारण सयभन्दा बढी हवाई उडान रद्द

वर्षाका कारण पाँच वटा अन्तर्राष्ट्रिय उडान तथा १०९ वटा घरेलु उडान रद्द गरिएको बताइएको छ।

युक्रेनद्वारा घरेलु टोही ड्रोन परीक्षण

एजेन्सी – युक्रेनले लडाइँ क्षेत्रमा आफ्नो घरेलु निर्मित नयाँ टोही ड्रोनको परीक्षण सुरु गरेको छ । युक्रेनी रक्षा मन्त्रालयको मुख्य गुप्तचर निर्देशनालयले मङ्गलबार टेलिग्राममा सो बारे जनाकारी सार्वजनिक गरेको छ । स्पाइगन नामक यो ड्रोनको उडान सहनशीलता १२०–१६० मिनेट र अधिकतम गति ९० किलोमिटर प्रतिघण्टा रहेको बताइएको छ । पचास किलोमिटरको उडान दायरा र एक […]

चीनले बनायो आफ्नै विमान, व्यावसायिक उडान सुरु

चीनले नागरिक उड्डयनको इतिहासमा नयाँ अध्याय थपेको छ । सोह्र वर्षको कठोर परिश्रमको मधुर परिणाम प्राप्त भएको छ– जेटलाइनर विमानको सफल निर्माण र त्यसको व्यावसायिक सञ्चालन । चीनको घरेलु उत्पादन ठूलो यात्रुवाहक विमान सी ९१९ ले आज साङ्घाईबाट बेइजिङसम्मको पहिलो व्यावसायिक उडान सफलतापूर्वक पूरा गरी नागरिक उड्डयन बजारमा आधिकारिक रूपमा प्रवेश गरेको छ । चाइना …

आइतबार चार्टर्ड उडान मात्रै

काठमाडौँ : प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका दिन मुलुकको घरेलु उडान नहुने भएको छ।त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ चार्टर्ड उडान मात्रै हुने विमानस्थल कार्यालयले जनाएको छ। विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार आइतबार तारा एयरले चारवटा चार्टर्ड उडानका लागि अनुमति लिएको छ। तारा एयरले लुक्लाबाट काठमाडौँ पर्यटक ल्याउनका लागि चार्टर्ड उडान गर्ने जनाइएको छ।हेलिकप्टरको पनि केही उद्धार उडान हुने विमानस्थलले जनाएको छ। अन्तरराष्ट्रियतर्फ भने नियमित उडान हुने विमानस्थलका

मधेस र गण्डकी प्रदेशबीच अन्तरप्रदेशीय विमान सेवा सुरु

आजदेखि घरेलु उडानअन्तर्गत जनकपुरधाम–पोखराबीच हवाई यातायात सुरू भएको छ । मधेस प्रदेश र गण्डकी प्रदेशबीच अन्तरप्रदेशीय विमान सेवा आजदेखि सुरु भएको हो । दुवै प्रदेशको पर्यटनलाई बढावा दिने उद्देश्यले साताको तीन दिन उडान हुने गरी विमान सेवा सुरु भएको हो ।नागरिक उड्डयन कार्यालय जनकपुरधामका प्रमुख योगेन्द्रनाथ कुँवरले शनिबार, सोमबार र बिहीबार सातामा तीन दिन एक–एकपटक उडान हुने जानकारी दिए । गण्डकी प्रदेशको राजधानी पोखरा र मधेस प्रदेशको राजधानी जनकपुरधामसम्मको पहिलो उडानमा गण्डकी प्रदेशक

अफगानिस्तानमा आन्तरिक उडान सुरु

एजेन्सी । अफगानिस्तानको ध्वजावाहक विमान एरियाना अफगान एयरलाइन्सले आफ्नो आन्तरिक उडान सुरु गरेको छ । तालिवानले अफगानिस्तान कब्जा गरेसँगै अवरूद्ध बनेका आन्तरिक उडान पुनः सञ्चालनमा आएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । अगस्ट अन्त्यमा अमेरिकी सेना बाहिरिएसँगै घरेलु उडानको पुनः आरम्भ गर्ने पहिलो स्थानीय एरियाना अफगान एयरलाइन्स हो । अमेरिकी सेनाको बहिर्गमनसँगै काबुल विमानस्थलको सुविधाहरूमा […]

अफगान राष्ट्रिय ध्वजावहाक विमानद्वारा आन्तरिक उडान पुनः सुरु

अफगानिस्तानको ध्वजावाहक विमान एरियाना अफगान एयरलाइन्सले तालिवान समूहले अफगान राजधानी कब्जा गरेसँगै अवरूद्ध बनेका आन्तरिक उडान पुनः सञ्चालनमा ल्याएको स्थानीय टेलिभिजन च्यानलले आइतबार जनाएको छ ।  “एरियाना अफगान एयरलाइन्सले काबुलबाट हराट, मजार–आई–शरिफ र कान्दाहर शहरहरू सम्मको उडान पुनः सुरु गरेको छ,” टोलोन्युजले आफ्नो समाचार बुलेटिनमा उल्लेख गरेको छ ।अगस्ट महिनाको अन्त्यमा अमेरिकी सेना बाहिर निस्किएदेखि घरेलु उडानको पुनः आरम्भ गर्ने पहिलो स्थानीय एरियाना अफगान एयरलाइन्स

दुर्घटनाग्रस्त इन्डोनेसियाली जेटको उडान ‘रेकर्डर’ को तथ्याङ्क भेटियो

एजेन्सी । इन्डोनेसियाका अन्वेषकहरूले दुर्घटनाग्रस्त यात्रुवहाक विमानको उडान रेकर्डरबाट तथ्याङ्कलाई सुरक्षित फेला पारिएको इन्डोनेसियाका यातायात सुरक्षा प्रमुखले शुक्रबार जानकारी दिएका छन् । इन्डोनेसियाको घरेलु उडानमा रहेको उक्त विमान गत शनिबार अपराह्न उडेको केही क्षणमै सम्पर्क विच्छेद भएको थियो ।उक्त विमान राजधानी जकार्ताबाट पोन्टीयानाकतर्फ उडेको थियो । विमान कम्पनीले विमानको उडान समय करिव ९० मिनेटको रहेको ५६ यात्रु र ६ चालक दलका सदस्य रहेका थिए ।  “तथ्याङ्क सबै राम्रो अवस्थामा छ र हाम