गाउँघरमा आयातित जंक फुडको प्रयोग बढ्दो छ । नेपाल सरकारले नै बजेटको व्यवस्था गरेका सामुदायिक विद्यालयमा दिवा खाजामा समेत प्याकेटका खाना खुवाउने चलन छ ।जिल्लाको एउटा घरेलु उद्योगले भने मकै, भटमास, गहुँलगायत प्रशोधन गरी तयार पारेको सातु युरोप, अमेरिकालगायत मुलुकमा निर्यात गर्दै आएको छ ।