लामो समयदेखि अमेरिकी मित्रका रुपमा रहदै आएका जापान र दक्षिण कोरियाले विश्व सुरक्षाका लागि अमेरिकानै प्रमुख चुनौती भएको बताएका छन् । यी मुलुकमा ८२ हजार अमेरिकी सेना रहदै आएका छन् । कोरियालीहरुले उत्तर कोरिया र रुस भन्दा पनि अमेरिकानै प्रमुख डर भएको बताएका छन् ।
विश्व डर लाग्दो स्थलको रुपमा परिणत भएको पिउ रिसर्च सर्भेले देखाएको छ । साइबर हमला, इश्लामिक आतंकवाद, आर्थिक अस्थिरता, जलवायुको आतंक सबैनै विश्व सुरक्षाका लागि त्रास भएको बुझ्न थालिएको छ ।