काठमाण्डाै - फिफा विश्व कप फुटबलमा समूह 'एच' अन्तर्गतकाे दक्षिण कोरियाले पोर्चुगललाई २–१ गोल अन्तरले पराजित गरेको छ ।
कतारको एजुकेसन सिटी स्टेडियममा गए राति भएको खेलमा पोर्चुगल दक्षिण कोरियासँग पराजित भएको हो । जितसँगै दक्षिण कोरिया अन्तिम १६ अर्थात् नकआउट चरणमा प्रवेश गरेकाे छ ।
खेलको पाँचौँ मिनेटमा रिकार्डो होर्टाले गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए । तर, दक्षिण कोरियाका लागि खेलको २७औँ मिनेटमा किम योङ जीओनले पहिलो गर्दै खेललाई ब...