भारतसँग निश्चित क्षेत्रमा ‘सर्टेन अन्डरस्ट्याण्डिङ’ बनाइ नेपाल विकास हुन सक्दैन । सबै भाषणमा यस्तो भन्यो भने मानिसहरूले सती टिप्पणी गरिदिन्छन् । धेरै मानिसहरूले यस विषयमा बुझेका पनि छैनन् । तर, नेपाल विकास गर्न निश्चित क्षेत्रमा भारतसँग सम्झौता गर्नैपर्छ ।आज विश्व प्रविधि क्षेत्रमा छुट्टै पहिचान बनाएको दक्षिण कोरिया कसरी विकसित भयो ? दक्षिण कोरिया अमेरिकाको पछि लाग्यो र उसले जे भन्यो त्यही मान्दै गएर विकास भयो । सिंगापुरले पश्चिमा नीति नै अबलम्बन गर्यो र मलेसियाले पनि त्यसै गरेर आफूल