प्रधान सेनापति प्रभुराम शर्मा दार्चुला-टिंकर सडक आयोजनाको निरीक्षण भ्रमणमा पुगेका छन् । रक्षा सचिव किरणराज शर्मासहित त्यहाँ पुगेका उनले दार्चुलास्थित गुरुगोरख गुल्मको सामुहिक तालिम ईलाका, महेन्द्रनगरस्थित नं.२५ बाहिनी अड्डाको निरीक्षण भ्रमण समेत गरेको नेपाली सेनाले जनाएको छ ।
सो क्रममा प्रधानसेनापतिले नेपाली सेनाद्वारा निर्माणाधिन दार्चुला-टिंकर सडक आयोजनाको स्थलगत अवलोकन गरेका थिए भने तत्पश्चात नं.२५ बाहिनी अड्डाको वस्तुस्थिति प्रतिवेदनलगायत फौज तैनाथीको वर्तमान अवस्थाका बारेमा जानकारी हासिल गरी व्या...