प्रदेश १ सरकारको एक मात्र गौरवको आयोजना विराटचोक–पुष्पलालचोक ४ लेन सडक आयोजना अझै पूरा हुन सकेको छैन । २२ किलोमिटर लामो उक्त सडक आयोजना गत आर्थिक वर्षको असार मसान्तसम्ममा सक्नुपर्ने थियो । मुख्यमन्त्री शेरधन राईले उक्त आयोजना समयमै पूरा गर्ने उद्घोष गरेका थिए ।