हिल्सा सिमकोट सडक आयोजना प्रमुखविहीन, २२ वटा योजना प्रभावित

सिमकोट – कर्णाली करिडोरअन्तर्गत हुम्ला खण्डको निर्माणको जिम्मा पाएको हिल्सा सिमकोट सडक आयोजना प्रमुखविहीन हुँदा विकास निर्माण प्रभावित भएको छ। आयोजनाका प्रमुखविहीन हुँदा दुई दर्जन योजना प्रभावित भएको हो। आयोजनामा कार्यरत प्रमुख बिसुनदास लामा आफ्नो सरुवा भएपछि पुस २१ गते रमाना लिएर गएका थिए। लामा गएको सातादिन बित्दा पनि आयोजनाले नयाँ प्रमुख पाएको छैन। निमित्तको […]

सम्बन्धित सामग्री

सर्केगार्ड सडक सात वर्षपछि चौडा गर्न सुरु

कर्णाली कोरिडोरको हुम्ला खण्डमा पर्ने सर्केगार्ड गाउँपालिकाको केन्द्र सर्केगार्ड बजार क्षेत्रमा रोकिएको सात वर्षपछि सडक चौडा गर्ने कार्य सुरु भएको छ । गाउँपालिका, हिल्सा सिमकोट सडक आयोजना र निर्माण कम्पनीको समन्वयमा सडक मिचेर निर्माण गरिएका घर तथा टहरा धनीबिच समझदारी भएपछि सडक चौडा गर्ने कार्य सुरु भएको हो ।

सिमकोट–खार्पु सडक १५ दिनपछि खुल्यो

असोज १९ देखि २४ गतेसम्म परेको वर्षाको कारण पहिरोले अवरुद्ध बनाएको सिमकोट खार्पु सडक पन्द्र दिनपछि सुचारु भएको छ । हिल्सा सिमकोट सडक आयोजना र पूर्वाधार विकास कार्यालयले अवरुद्ध सडक मर्मत गरेपछि सडक सुचारु भएको हो ।

कर्णाली करिडोरः सिमकोट–खार्पु खण्डको काम सुरु गर्न स्थानीय सहमत

सिमकोट– कर्णाली करिडोरको सिमकोट–खार्पु खण्डको डेढ वर्षदेखि रोकिएको निर्माण कार्य अगाडि बढाउन स्थानीय सहमत भएका छन्। स्थानीय प्रशासन, हिल्सा सिमकोट सडक आयोजना र जग्गाधनीबीच भएको छलफलपछि रोकिएको काम अगाडि बढाउने सहमति भएको हो। छलफलमा सहभागी प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले सडक निर्माणका क्रममा जग्गाको क्षतिपूर्ति उपलब्ध गराउन र सदरमुकाम सिमकोट जोड्ने सडक निर्माणका लागि पहल […]