म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर–चित्रे सडक आयोजनाको हालसम्म ५२ प्रतिशत भौतिक प्रगति भएको छ । आयोजना आगामी भदौ १४ गतेसम्म थपिएको समयसीमा भित्र बाँकी ४८ प्रतिशत काम सक्ने चुनौतीले अलपत्र बन्ने खतरा बढेकोछ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ, म्याग्दीले अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि घार खिवाङ शिख हुँदै पर्यटकीय स्थल घोडेपानी नजिकैको बस्ती चित्रे […]