दुई युवाको हत्या अभियोग लागेका बागलुङका १५ जना युवालाई जन्मकैदको फैसला भएको छ । घटनामा संलग्न एक बालकलाई सुधारगृह पठाइने भएको छ । २०७७ सालको चैत १५ गते होली खेल्ने क्रममा भएको झडपमा बागलुङको निसीखोला गाउँपालिका–७ का प्रकाश कुँवर र दीपक परियारको मृत्यु भएको थियो ।