२०७४ सालमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि राष्ट्रिय सभाको निर्वाचन हुँदै थियो । त्यसमा मलाई एमालेले उम्मेदवार बनायो । स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रदेशसभा सदस्यको मतबाट निर्वाचित हुने संवैधानिक र कानुनी व्यवस्थाअनुसार म वाग्मती प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएँ । पहिलो पटक जनप्रतिनिधिमूलक संस्थामा निर्वाचित हुँदा खुसी र जिम्मेवारी दुवै महसुस भएको थियो ।