राष्ट्रियसभा शून्य समयमा त्रिविको बेथितीदेखि भानुभक्तका जन्मस्थानसम्मका कुरा

सांसद दिलकुमारी रावल थापा पार्वतीले त्रिभुवन विश्वविद्यालयमा प्रश्नपत्र सम्बन्धी भएको बेथिती रोक्न सरकारलाई ध्यानाकर्षण गराउनुभयो । गत वर्षको स्नातकोत्तर परीक्षा र यस वर्षको परीक्षामा एउटै प्रश्न दोहोरिएकाले बेथिती रोक्नुपर्नेमा जोड दिनुभयो ।

सम्बन्धित सामग्री

समयमै संचालन हुनु नै राष्ट्रियसभाको राम्रो पक्ष रह्यो : खिमलाल

काठमाडौं : राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले राष्ट्रियसभाको सबैभन्दा राम्रो पक्ष समयमा नै सभा सञ्चालन हुनु रहेको बताएका छन्। बिहीबारको सभाको बैठकमा उनले यस्तो बताएका हुन्।उनले शून्य समयको प्रभावकारिता बढी रहेको भन्दै समय बढाउनुपर्ने बताए। शून्य समयमा एक मिनेटको समय निर्धारण गरिन्छ। उनले बैठकमा रहँदा सांसदहरुले प्रधानमन्त्री मन्त्रीहरुसँग सवाल जवाफ गर्न नपाए पनि आगामी दिनमा यसले स्थान पाउने अपेक्षा रहेको बताए।उनले भने, ‘शून्य समय एकदमै थोरै हुन्छ तर यसको प्रभावकारिता धेरै नै छ। यसको समय अ

राष्ट्रियसभा बैठकमा शून्य समयमा बोल्दै सांसदहरू

राष्ट्रियसभा सदस्य उदयबहादुर बोहोराले तुलसीपुर–कपुरकोट सडकखण्ड निर्माणमा लापरबाही भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।बिहीबारको राष्ट्रियसभा बैठकमा शून्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्य बोहोराले तुलसीपुरदेखि कपुरकोटसम्मको सडकखण्ड निर्माणमा सडक डिभिजन कार्यालय दाङ र ठेकेदारले लापरबाही गरेको बताए । उनले सो सडकखण्डमा मिलेमतो गरी भ्रष्टाचार भएको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले भने, ‘राप्ती राजमार्ग अस्तव्यस्त […]

राष्ट्रियसभा शून्य समय : कसले के भने ?

राष्ट्रियसभा सदस्य दुर्गा गुरुङले कर्णाली प्रदेशमा रहेको पेट्रोल पदार्थ उत्खनन् गर्ने कामको जानकारी संसदलाई जानकारी गराउन माग गरेकी छन् । उनले पेट्रोलियम पदार्थ उत्खनन् गर्न सम्बन्धित मन्त्रालयले प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताइन् ।उनले भनिन्– ‘कर्णाली प्रदेशको पेट्रोल उत्खननको काम कति भएको छ । सोको जानकारी सम्बन्धित मन्त्रालयले जानकारी दिनु आग्रह गर्दछु र उक्त कामलाई सरकारले प्राथमिकतामा राख्न आग्रह गर्दछु ।’ त्यस्तै सांसद नरबहादुर विष्टले काठमाडौं महानगरपालिकाले फुटपाथ

राष्ट्रियसभा बैठक : कोमल वलीले गरिन् अमेरिकी संसदमा भएको आक्रमणको विरोध

नेकपा सांसद कोमल वलीले अमेरिकी संसदमा भएको हिंसात्मक झडपको विरोध गरेकी छन् । बिहीवार बसेको राष्ट्रियसभा बैठकको शून्य समयमा वलीले यो घटनाले लोकतन्त्रमा विश्वास गर्ने देशलाई चिन्ता र चुनौती थपेको बताइन् ।  ‘अमेरिकी संसदमा जुन हिंसात्मक गतिविधि भयो, यसले लोकतान्त्रिक मूल्य–मान्यता भएका सबै देशलाई चिन्ता र चुनौती थपेको छ । सत्ताको शान्तिपूर्ण हस्तान्तरणमा भएको यसखाले घटनाको विरोध गर्दछु,’ वलीले भनिन् ।

राष्ट्रियसभा शून्य समय : हवाई यातायातलाई सुरक्षित बनाउन माग

राष्ट्रियसभा बैठकको शून्य समयमा सांसदहरुले विश्वभरि नै सुरक्षित मानिएको हवाई यातायातलाई नेपाली आकाशलाई पनि सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।