छुट्टै बैधानिक फोरम आवश्यक : दिलकुमारी रावल

काठमाडौं । राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिलकुमारी रावल (थापा)ले स्थानीय तह, प्रदेश सभा र राष्ट्रिय सभाबीचको जीवन्त सहकार्यका लागि एउटा छुट्टै बैधानिक फोरम आवश्यक रहेको बताउनुभएको छ । स्थानीय तह र प्रदेशसभा सदस्यहरुबाट राष्ट्रियसभाका सांसदहरु निर्वाचित हुने भएकाले उनीहरुबीचको सहकार्य र समन्वयलाई जीवन्त बनाउन एउटा छुट्टै वैधानिक फोरम बनाउनुपर्ने उहाँको तर्क थियो । […]

सम्बन्धित सामग्री

काठमाडौं–तराई मधेस द्रुतमार्ग तीन वर्षभित्र पूरा हुन्छ : उपप्रधानमन्त्री खड्का

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले काठमाडौं–तराई मधेस द्रुतमार्ग विसं २०८३ चैत मसान्तभित्र निर्माण पूरा हुने विश्वास व्यक्त गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा समय लिएर बोल्दै उनले सो आयोजना निर्माण कोरोनाका कारण प्रभावित भए पनि सरकारले तय गरेको समयभित्रै पूरा हुने उल्लेख गरे ।  आयोजना जुन गतिका साथ अगाडि बढ्नुपर्ने थियो त्यसो हुन नसकेको स्वीकार गर्दै उपप्रधानमन्त्री खड्काले लागत नबढ्ने गरी प्रक्रिया अगाडि बढाइएको स्पष्ट पारे । सो मार्गको खोकनामा देखिएको समस्या समाधानका लागि आवश्यक अध्ययन भइरहेको जनाउँदै उनले विभिन्न विकल्पमाथि छलफल जारी रहेको बताए ।  प्रक्रिया पु¥याउने सन्दर्भमा केही ढिलाइ हुँदा जाजरकोट भूकम्पपीडितले पुनःनिर्माणबापतको रकम पाउन केही समय लागेको उपप्रधानमन्त्री खड्काले उल्लेख गरे । प्रमुख जिल्ला अधिकारीमार्फत पीडितलाई राहत रकम उपलब्ध गराउने काम भइरहेको उनको भनाइ छ ।  नेपाली सेनाको कल्याणकारी कोषमार्फत हेटौंडा कपडा कारखाना सञ्चालनका लागि प्राविधिक टोलीले गरेको अध्ययन प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेस भएको भन्दै उक्त प्रतिवेदन अध्ययनको क्रममा रहेको बताए । उनले यसबारेमा आवश्यक निर्णय नभएकाले अहिले नै यस्तो हुन्छ भन्ने ठाउँमा नपुगेको उल्लेख गरे ।  सेना, सरकार र अदालतप्रति नकारात्मक टिप्पणी गर्ने प्रवृत्ति बढेकामा उनले आपत्ति प्रकट गरे । ‘सरकार, सेना र अदालतलाई आक्रमण गरेर, तथ्यहीन सूचना र समाचार सम्प्रेषण गरेर मात्र विकास हुने होइन । यी निकायमा समस्या नै छैन भन्ने मेरो जिकिर पनि होइन । यी संस्था हामी नागरिकको साझा सम्पत्ति हुन् । ती निकायमा रहेको कमीकमजोरी सुधार गर्न नागरिकको रचनात्मक भूमिका जरुरी हुन्छ,’ उपप्रधानमन्त्री खड्काले भने ।  सरकारले ‘सैनिक ऐन, २०६३’ लाई संशोधन गरेर समयानुकूल बनाउन लागिपरेको उपप्रधानमन्त्री खड्काले जानकारी दिए । सरोकारवालासँग आवश्यक छलफल गरी संशोधन मस्यौदा अगाडि बढाइएको भन्दै सङ्घीय संसद्को चालु अधिवेशनको संसद्मा उक्त ऐन पेस गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।  सरकार मौलिक हक कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण गर्ने कार्यमा क्रियाशील रहेको उपप्रधानमन्त्री एवं रक्षामन्त्री खड्काले उल्लेख गरे । सांसदहरू भैरवसुन्दर श्रेष्ठ दिलकुमारी रावल थापा अनिता देवकोटा, गोमादेवी तिमिल्सिना, गोपीबहादुर सार्की अछामी, तुलसाकुमारी दाहाल, कमला पन्त, सुरेशकुमार आले मगर, राजेन्द्रलक्ष्मी गैरेले उपप्रधानमन्त्री खड्कालाई पूरक प्रश्न गरेका थिए । रासस

तीन तहबीचको समन्वय र अन्तरसम्बन्धलाई मजबुत बनाउनुपर्छ : सांसद थापा

काठमाडौं : राष्ट्रिय सरोकार तथा समन्वय समिति दिलकुमारी रावल थापाले संघीय शासन प्रणालीलाई सबल बनाउँदै तीन तहबीचको समन्वय र अन्तरसम्बन्धलाई मजबुत बनाउन आवश्यक रहेको बताएकी छन्। रोल...आइतबार राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको तहगत अन्तरसम्बन्ध र समन्वय विषयक अध्ययन प्रतिवेदन, २०८० सभा समक्ष पेस गर्दै उनले यस्तो बताएकी हुन्।उनले संविधानले गरेको व्यवस्था, संरचना, अन्तरप्रदेश परिषद्, संघ, प्रदेश र स्थानीय तह अन्तरसम्बन्ध ऐन, २०७७ ले व्यवस्था गरेको संरचनाहरु, राष्ट्रिय समन्वय पर

स्वदेशी काठ प्रयोग गर्न समितिको निर्देशन

काठमाडौं । राष्ट्रिय सरोकार तथा समन्वय समितिले सरकारलाई स्वदेशी काठ र काठजन्य सामग्री प्रयोग गर्न निर्देशन दिएको छ । ‘नेपालका काष्ठ, वन पैदावारको उच्चतम उपयोग, उत्पादन तथा आपूर्ति र विदेशबाट आयातको विस्थापन’ विषयक बैठकमा समिति सभापति दिलकुमारी रावल थापाले स्वदेशी काठको उच्चतम प्रयोग गर्दै आयात प्रतिस्थापन गर्नेतर्फ अग्रसर हुन सरकारलाई निर्देशन दिएकी हुन् । ‘सम्बन्धित निकायसँग समन्वय गरी स्वदेशमै काष्ठ तथा वनपैदावार उत्पादन, आपूर्ति र यसको आयात विस्थापनमा सरकारले ध्यान दिनुपर्छ,’ उनले भनिन्, ‘सरकारी निकायले स्वदेशी काठ प्रयोग बढाउनेतर्फ सरकारलाई निर्देशन दिएका छौं ।’ वन तथा वातावरण मन्त्रालयका सचिव डा रेवतीरमण पौडेलले काठको आयात प्रतिस्थापनका लागि आवश्यक विधि तयार गर्न मन्त्रालयअन्तर्गत समितिसमेत गठन भइसकेको जानकारी दिए । वन संरक्षणसँगै उपभोग र व्यवस्थापनका लागि काम भइरहेको उनले बताए ।

निर्वाचनसम्बन्धी कानुन संशोधन गर्न सांसद् रावलको माग

नेकपा (एमाले)की सांसद दिलकुमारी रावल थापाले निर्वाचनसम्बन्धी कानुन संशोधन गर्न माग गरेकी छन्। सोमबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद थापाले वर्तमान निर्वाचन प्रणालीमा सुधार गर्न आवश्यक रहेको भन्दै...

निर्वाचन सम्बन्धी कानुन संशोधन गर्नुपर्छ : थापा

काठमाडौँ- नेकपा एमालेकी सांसद दिलकुमारी रावल थापाले निर्वाचन सम्बन्धी कानुन संशोधन गर्न माग गरेकी छन् । सोमबार राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद थापाले वर्तमान निर्वाचन प्रणालीमा सुधार गर्न आवश्यक रहेको बताइन् । उनले गणतन्त्र र संघीयतालाई बलियो बनाउनका लागि निर्वाचन प्रणालीको सुधार गर्नुपर्नेमा जोड दिइन् ...

निर्वाचनसम्बन्धी कानुन संशोधन गर्न सांसद थापाको माग

काठमाडौं : नेकपा (एमाले)की सांसद दिलकुमारी रावल थापाले निर्वाचनसम्बन्धी कानुन संशोधन गर्न माग गरेकी छिन्। सोमवार राष्ट्रिय सभाको बैठकमा विशेष समयमा सांसद थापाले वर्तमान निर्वाचन प्रणालीमा सुधार गर्न आवश्यक रहेको बताइन्। उनले गणतन्त्र र संघीयतालाई बलियो बनाउनका लागि निर्वाचन प्रणालीको सुधार गर्नुपर्नेमा जोड दिइन्। उनले निर्वाचन प्रणाली महँगो भएको भन्दै…

समितिको अध्ययन प्रतिवेदन राष्ट्रियसभामा पेस

काठमाडौँ- राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल (पार्वती) ले राष्ट्रिय गौरवको आयोजनाको अध्ययन प्रतिवेदन, २०७९ सम्बन्धी समितिको प्रतिवेदन राष्ट्रियसभासमक्ष पेस गरेकी छिन् । आज बसेको राष्ट्रियसभाको बैठकमा उनले सो प्रतिवेदन पेस गर्दै समयमै सहज र सरल रूपमा आवश्यक सामग्री नपाउँदा आयोजना निर्माणको लागत बढिरहेको विषय प्रतिवेदनमा उल्लेख गरिएको जानकारी गराइन् । नदीजन्य निर्माण […]

संसदीय समितिले भन्यो : निजगढमा एयरपोर्ट सिटी आवश्यक छैन

२, असार, काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले निजगढ विमानस्थलको स्थलगत अनुगमन प्रतिवेदन सोमबार राष्ट्रिय सभासमक्ष पेश गरेको छ । समिति सभापति दिलकुमारी रावल (पार्वती)ले सोमबार पेश गरेको प्रतिवेदनमा आयोजनाको विस्तृत परियोजना …