लुम्बिनी प्रदेशमा आत्महत्या न्यूनीकरण अभियान सुरु

लुम्बिनी प्रदेशमा आत्महत्या न्यूनीकरण अभियान सुरु गरिएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले आइतबार बुटवलमा आयोजना गरेको आत्महत्या रोकथामसम्बन्धी देशव्यापी सचेतना कार्यक्रममा यो अभियानको घोषणा गरिएको हो ।अभियानको शुभारम्भ गर्दै प्रदेश आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्माले आत्महत्या सामाजिक समस्या बन्दै गएको बताए । आर्थिक तथा विभिन्न पारिवारिक कारण व्यक्तिले आत्महत्याको बाटो रोज्ने गरेकाले सचेतना जगाएर यसको नियन्त्रण गर्नुपर्ने उनको भनाइ छ । मन्त्री शर्माले यसको नियन्त्रण

सम्बन्धित सामग्री

कृषकका समस्या पहिचान अभियान सुरु

लुम्बिनी प्रदेशमा कृषिसँग सम्बन्धित विभिन्न प्रकारको अनुसन्धानको काम गर्दैआएको बाँकेको खजुरास्थित कृषि अनुसन्धान निर्देशनालयले कृषकका समस्या पहिचान गर्ने अभियान सुरु गरेको छ ।

माओवादीले लुम्बिनीमा तीन महिने अभियान चलाउने, तोकियो जिल्ला संयोजक

३२ साउन, दाङ । नेकपा माओवादी केन्द्रले भदौ १६ देखि सुरु गर्न थालेको तीन महिने अभियानको तयारी लुम्बिनी प्रदेशमा थालेको छ । ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ भन्ने मूल नाराका साथ माओवादी केन्द्रले देशैभरि एकैपटक ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ सुरु गर्दैछ । त्यही अनुरुप माओवादी केन्द्रले लुम्बिनी प्रदेशमा पनि अभियानको तयारी थालेको हो । लुम्बिनी […]

गाउँ–गाउँमा चुनावी अभियान

लुम्बिनी प्रदेशमा राजनीतिक दलले स्थानीय तह निर्वाचनका लागि चुनावी अभियान सुरु गरेका छन् । आफ्ना पार्टीका उम्मेदवार जिताउन दलहरूले गाउँ केन्द्रित चुनावी अभियान सुरु गरेका हुन् । मुलुकमा संघीयता लागू भइसकेपछि दोस्रो पटक हुन लागेको स्थानीय तहको निर्वाचनमा मत आफ्नो पक्षमा पार्न दलहरूले गाउँ–गाउँमा पुगेर बैठक, भेला, सभा तथा छलफल कार्यक्रम थालेका छन् ।

पहिलो चरणमा एक लाख ८४ हजारले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं । नेपालमा शनिबारसम्म एक लाख ८४ हजार ८५७ जनाले कोभिड–१९ खोप लगाएका छन् । यो सँगै खोप लगाउने पहिलो चरणको अभियान सकिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार भारत सरकारले उपलब्ध गराएको खोप ‘कोभिशिल्ड’ देशभरका २०१ खोप केन्द्रबाट एक लाख ८४ हजार ८५७ जनालाई दिइएको छ । जसअनुसार प्रदेश १ मा २४ हजार २२४, प्रदेश २ मा २५ हजार ६३७, वाग्मती प्रदेशमा ६३ हजार ३०८, गण्डकी प्रदेशमा १८ हजार ४७२, लुम्बिनी प्रदेशमा २८ हजार ९४१, कर्णाली प्रदेशमा नौ हजार ४२० र सुदूरपश्चिम प्रदेशमा १४ हजार ८५५ जनाले खोप लगाएका मन्त्रालयले जनाएको छ । पहिलो चरणका लागि ल्याइएका बाँकी खोप प्राथमिकताका आधारमा अर्को चरणमा लगाउने मन्त्रालयले जनाएको छ । भारत सरकारले अनुदानमा १० लाख मात्रा खोप नेपाललाई उपलब्ध गराएको थियो । यस्तै चीन सरकारले पनि नेपाललाई पाँच लाख मात्रा खोप उपलब्ध गराउने जनाएको छ । सरकारले यही माघ १४ गतेदेखि पहिलो चरणको खोप अभियान सुरु गरेको थियो । कूल जनसङ्ख्याको तीन प्रतिशतलाई खोप लगाउने उद्देश्यअनुसार प्राथमिकतामा परेका व्यक्तिलाई खोप लगाइएको हो । नेपालमा कूल जनसङ्ख्याको ७२ प्रतिशतलाई खोप लगाउने सरकारको योजना छ ।

लुम्बिनीका ६ जिल्लामा कोरोनाविरुद्धको खोप सुरु, माघ १७ देखि बाँकी जिल्लामा

अर्घाखाँची : लुम्बिनी प्रदेशमा पनि कोरोनाविरुद्धको खोप अभियान  सुरु भएको छ। लुम्बिनी प्रादेशिक अस्पतालमा आयोजित कार्यक्रमा मुख्यमन्त्री शंकर पोखरेलले बुधबार अभियानको सुरु गरेका हुन्। पहिलो खोप लुम्बिनी प्रादेशिक अस्पतालका सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले लगाएका थिए। यस्तै, अस्पतालका १८  जनाभन्दा…

लुम्बिनी प्रदेशका ६ जिल्लामा मात्र खोप अभियान सुरु

बुटवल । देशभर कोरोनाभाइरसविरुद्ध खोप अभियान सुरु भएसँगै बुधबार लुम्बिनी प्रदेशमा पनि खोप लगाउन थालिएको छ । लुम्बिनी प्रदेशमा कोरोनाविरुद्धको खोप दुई चरणमा लगाइने भएको छ । बुधबार तराईका ६ जिल्लामा खोप अभियान सुरु गरिएको छ भने बाँकी ६ जिल्लामा १७ गतेबाट खोप लगाउन सुरु गरिनेछ ।लुम्बिनी प्रादेशिक अस्पतालमा बुधबार आयोजित ...

लुम्बिनी प्रदेशमा कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आयोजित कार्यक्रममा मुख्यमन्त्री शंकर पोखरेलले अभियानको शुरूवात गरे । लुम्बिनी प्रदेशमा पहिलो खोप लुम्बिनी प्रादेशिक अस्पतालका सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले लगाए

जातीय छुवाछुत तथा बालविवाह रोक्न प्रहरीको तीनमहिने अभियान

जातीय छुवाछुत तथा बालविवाह रोकथामका लागि लुम्बिनी प्रदेशमा प्रहरीले तीनमहिने अभियान सुरु गरेको छ । आइतबारबाट सुरु भएको अभियान २६ चैतसम्म चल्नेछ । लुम्बिनी प्रदेशस्तरका सबै १२ जिल्ला र ५३ इलाका प्रहरी...