लुम्बिनी प्रदेशमा राजनीतिक दलले स्थानीय तह निर्वाचनका लागि चुनावी अभियान सुरु गरेका छन् । आफ्ना पार्टीका उम्मेदवार जिताउन दलहरूले गाउँ केन्द्रित चुनावी अभियान सुरु गरेका हुन् । मुलुकमा संघीयता लागू भइसकेपछि दोस्रो पटक हुन लागेको स्थानीय तहको निर्वाचनमा मत आफ्नो पक्षमा पार्न दलहरूले गाउँ–गाउँमा पुगेर बैठक, भेला, सभा तथा छलफल कार्यक्रम थालेका छन् ।