लुम्बिनी प्रदेशमा कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आयोजित कार्यक्रममा मुख्यमन्त्री शंकर पोखरेलले अभियानको शुरूवात गरे । लुम्बिनी प्रदेशमा पहिलो खोप लुम्बिनी प्रादेशिक अस्पतालका सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले लगाए

सम्बन्धित सामग्री

डेनमार्कमा कोरोना भाइरसविरुद्धको खोप अभियान स्थगित

काेपनहेगन । डेनमार्कमा कोरोना भाइरसविरुद्धको खोप अभियान स्थगित गरिएको छ ।  गत फेब्रुअरीमा कोरोना भाइरस नियन्त्रण सम्बन्धी व्यवस्थाहरू हटाएको डेनमार्कले अहिले खोप अभियान नै स्थगित गरेको हो ।  कोरोना भाइरसको महामारी कम हुँदै गएपछि सरकारले त्यसको नियन्त्रणका लागि अपनाइने उपायहरू लागु गर्नु नपर्ने ठहर गरेको हो । स्वास्थ्य मन्त्रालयले खोप लगाएकाहरूको सङ्ख्या अत्यधिक भइसकेको र...

डेनमार्कमा कोरोना भाइरसविरुद्धको खोप अभियान स्थगित

डेनमार्कमा कोरोना भाइरसविरुद्धको खोप अभियान स्थगित गरिएको छ । गत फेब्रुअरीका कोरोना भाइरस नियन्त्रण सम्बन्धी व्यवस्थाहरु हटाएको डेनमार्कले अहिले खोप अभियान नै स्थगित गरेको हो । कोरोना भाइरसको महामारी कम हुदै गएपछि सरकारले त्यसको नियन्त्रणका लागि अपनाइने उपायहरू लागू गर्नु नपर्ने ठहर गरेको हो । स्वास्थ्य मन्त्रालयले खोप गराएकाहरूको सङ्ख्या अत्यधिक भइसकेको र “अवस्था राम्रो” रहेकाले खोप अभियान स्थगित गरिएको जनाएको छ । डेनमार्कका ८१ प्रतिशतले कोरोना भाइरस विरुद्धको दुवै खोप लगा

कोरोना भाइरसविरुद्धको खोप अभियानमा भारतलाई ठूलो सफलता

काठमाण्डाै - भारतले कोरोना भाइरसविरुद्धको खोप अभियानमा ठूलो सफलता प्राप्त गरेको छ । भारतमा सय करोड अर्थात १ अर्ब डोजभन्दा बढी खोप लगाइएको छ । एक अर्ब डोज खोप पूरा भएको अवसरमा भारतका विभिन्न ठाउँमा कार्यक्रम हुँदैछन् ।  भारत चीनपछि एक अर्ब डोजभन्दा बढी खोप लगाउने पहिलो देश बनेको छ ।  चीनमा भने गएको जुनमा एक अर्ब डोजभन्दा बढी खोप लगाइएको थियो । भारतमा कोरोना भाइरस विरुद्धको खोप अभियान गएको जनवरी १६ तारिखदेखि सुरु भएको थियो । लक्ष्यअनुसारको खोप अभियानलाई पूरा गर्न चुनौती भए पनि त्यसलाई पार गर्न सफल भए...

कोरोना संक्रमणबाट भारतमा एकै दिन साढे ४ हजारको मृत्यु

जेठ ५, नयाँदिल्ली (भारत) । कोरोना भाइरस महामारीको दोस्रो लहरबाट ठूलो क्षति व्यहोरिरहेको भारतमा विगत २४ घण्टामा थप चार हजार ५२९ जनाको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मंगलवार त्यहाँ २ लाख ६७ हजार ३३४ जना थप संक्रमित थपिएका छन् । गएको केही दिनयता भारतमा कोरोना संक्रमितको संख्यामा केही कमी आएको भएयता पनि सोमवारको तुलनामा मंगलवार केही बढी संक्रमित भएका छन् । भारतमा सोमवार कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार जना मात्र थियो भने मंगलवार पुनः २ लाख ६७ हजार ३३४ जना थप संक्रमित भएका छन् । गत सोमवार कोरोना संक्रमितको यो संख्या गत अप्रिल २१ तारिख पछिकै सबैभन्दा कमी भएको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलवार जानकारी दिएको थियो । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४ घण्टामा दुई लाख ६७ हजार ३३४ जना नयाँ संक्रमित भेटिएका हुन् ।अप्रिल महिनाको तुलनामा हरेक दिन संक्रमितहरुको संख्या घट्दै गएको देखिएको हो । अघिल्लो महीना यहाँ दैनिक कम्तीमा पनि ४ लाख मानिसमा संक्रमण देखिने गरेको थियो । मन्त्रालयले बुधवार सार्वजनिक भएको यो तथ्यांकसँगै भारतमा कोरोना भाइरसको संक्रमणबाट हालसम्म २ लाख ८३ हजार २४८ जनाको ज्यान गएको पनि बताइएको छ । मन्त्रालयका अनुसार कोभिड–१९ संक्रमितको कुल संख्या दुई करोड ५४ लाख ९६ हजार ३३० पुगेको छ ।   भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु गरेको थियो । सो समयबाट हालसम्म भारतमा १८ करोड ५८ लाख ९ हजार भन्दा बढी खोप लगाईसकेका छन् ।  मंगलवार एकै दिनमा भारतमा १३ लाख १२ हजार १५५ जनालाई कोरोनाविरुद्धको खोप लगाएका सरकारी स्रोतले जानकारी दिएको छ ।  भारतमा संक्रमित व्यक्तिको संख्या दैनिक तीन लाखभन्दा बढी नै देखिए पनि भारत सरकारले देशव्यापी लकडाउन भने नगर्ने जानकारी दिएको छ । तर कतिपय शहरमा भने लगाइएको छ । रासस/सिन्ह्वा

दक्षिण कोरिया र हङकङमा कोरोनाविरुद्धको खोप अभियान सुरु, वर्षभरि नै चल्ने

काठमाण्डाै – दक्षिण कोरिया र हङकङले कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु गरेका छन् । दक्षिण कोरियाले आउँदो सात महिनाभित्र देशका ७० प्रतिशत नागरिकलाई खोप लगाइ सक्ने लक्ष्य लिएको छ भने हङकङले यस वर्षको अन्तिमसम्ममा सबै वयस्क नागरिकलाई खोप लगाइ सक्ने लक्ष्य लिएको जनाएको छ ।  गएको वर्ष चीनमा देखिएको कोरोना भाइरस चीनबाहिर देखिने क्रमको सुरुवातमै दक्षिण कोरिया र हङकङमा देखिएको थियो । यी दुई देशले व्यक्तिगत दुरी कायम, शीघ्र परीक्षण, क्वरेण्टीन तथा सङ्क्रमितको ट्र्याकिङ गरेर समयमै महामारीलाई नियन्त्रणमा लिएका थिए ...

पत्रकारलाई कोरोना भाइरसविरुद्धको खोप (फोटोफिचर)

२६ माघ, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड १९) विरुद्धको दोस्रो चरणको खोप अभियान अन्तर्गत सोमबारदेखि पत्रकार, यूएन एजेन्सी, दूतावास तथा कूटनीतिक नियोगका कर्मचारीलाई खोप लगाउन सुरु गरेको छ । काठमाडौंमा निजामति कर्मचारी अस्पतालमा पत्रकारहरुलाई खोप …