इंग्ल्यान्डविरुद्धको तेस्रो टेस्टमा भारत निकै खराब स्थितिमा छ ।
जम्मा ७८ रनमा अलआउट भएको भारतले इंग्ल्यान्डका ब्याट्स्म्यानलाई आउट गर्न पनि हम्मेहम्मे परेको छ । समाचार तयार पार्दासम्म इंग्ल्यान्ड दुई विकेट गुमाएर १७१ रनको स्थितिमा छ ।
पहिलो दिन नै भारतले विकेट लिने मौका गुमाएको थियो । जसप्रीत बुमराहको बल हसीब हमीदको ब्याटको छेउमा लागेर स्लिपमा गएको थियो । तर त्यहाँ उभिएका रोहित शर्माले क्याच समात्न सकेनन् । क्याच अलिक गाह्रो भए पनि रोहितले छुटाएका हुन् ।
क्याच छुटेपछि कप्तान विराट कोहली रिसाएका थिए । व...