काठमाण्डौ – इङ्ग्ल्याण्डका कप्तान जोए रुट टेस्ट क्रिकेट वरीयताको तेस्रो नम्बरमा पुगेका छन् । भारतसँग भएको पहिलो टेस्टमा दोहोरो शतक प्रहार गरेका रुटले भारतका कप्तान विराट कोहलीलाई पछि पार्दै शीर्ष तीनमा पुगेका छन् । रुटको ८८३ रेटिङ प्वाइन्ट छ ।
भारतका कप्तान विराट कोहली भने वरीयताको पाँचौँ स्थानमा झरेका छन् । कोहलीको ८५२ रेटिङ प्वाइन्ट छ । सन् २०१७ पछि कोहली पहिलो पटक आईसीसी टेस्ट वरीयतामा रुटभन्दा पछि परेका हुन् ।
वरीयतामा ९१९ रेटिङ प्वाइन्टका साथ न्युजिल्याण्डका केन विलियमसन पहिलो स्थानमा, ८९१ रेटिङ प्वाइन्टका ...