मिश्रले उठाएको उम्मेदवारप्रति विवेकशीलकै नेताहरूको विरोध, अर्को उम्मेदवार उठाउने तयारी

काठमाडौँ - विवेकशील साझा पार्टीले काठमाडौँको मेयरमा समीक्षा बास्कोटा र उपमेयरमा कीर्ति तुलाधरलाई उम्मेदवार घोषणा गरेसँगै पार्टीमा विवाद देखिएको छ ।  महानगरको उम्मेदवार केन्द्रीय समितिले तय गर्ने निर्णय भए पनि रवीन्द्र मिश्रले एकल हिसाबबाट आफ्नो नजिकको पात्रलाई उम्मेदवार बनाएको भन्दै विवाद उत्पन्न भएको हो।  पार्टीम...

सम्बन्धित सामग्री

राप्रपाले ३ वटै उपनिर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी वैशाख १० गते उपनिर्वाचन हुने ३ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने निर्णय गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा सोमबार बसेको राप्रपाकाे केन्द्रीय पदाधिकारीकाे बैठकले तनहुँ–१, बारा–२ र चितवन–२ मा पार्टीको उम्मेदवार उठाउने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले बताउनुभएकाे हाे । बैठकले ३ वटै निर्वाचन क्षेत्रमा पार्टीको कमाण्डर […]

एमालेले उपराष्ट्रपतिमा महिला उम्मेदवार उठाउने

नेकपा एमालेले उपराष्ट्रपतिमा महिला उम्मेदवार उठाउने तयारी गर्ने भएको छ।

सम्मानजनक भाग नपाए बागी उम्मेदवार उठाउने कोइराला समूहको चेतावनी

नेपाली कांग्रेसको शेखर कोइराला समूहका युवा नेताहरूले पार्टीमा सम्मानजनक भाग नपाए बागी उम्मेदवार उठाउने चेतावनी नेतृत्वलाई दिएका छन् ।

सबै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने काँग्रेस (बीपी) को निर्णय

नेपाली काँग्रेस (बीपी) ले आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा प्रदेश तथा प्रतिनिधिसभाका सबै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने निर्णय गरेको छ । सोमबार बसेको केन्द्रीय पदाधिकारीको बैठकले सबै निर्वाचन क्षेत्रमा पार्टीको तर्फबाट उमेदवार उठाउने निर्णय गरेको प्रवक्ता शिव सिम्खडाले जानकारी दिए । उनका अनुसार आम निर्वाचनको सन्दर्भमा केन्द्रीय कार्यालय सञ्चालन गर्न सहमहामन्त्री जगन्नाथ घिमिरेलाई तोकिएको छ ।  यस्तै बैठकले निर्वाचन परिचालन गर्नका लागि केन्द्र, प्रदेश र जिल्लास्तरमा कमिटीहरु गठन

प्रत्यक्षतर्फ ३३ प्रतिशत महिला उम्मेदवार उठाउने व्यवस्था गर्न पुष्पा भुसालको माग

नेपाली काँग्रेसकी सचेतक पुष्पा भुसाल गौतमले आउँदो संसदीय र प्रदेशसभा सदस्य चुनावमा ३३ प्रतिशत महिला उम्मेदवार उठाउने व्यवस्था गर्न माग गरेकी छिन् । आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद गौतमले आगामी चुनावमा समावेशी ढंगले महिला उम्मेदवार नउठाउने हो कि भन्ने प्रश्न उठेको बताइन् । उनले भनिन्– ‘हामी समावेशी लोकतन्त्रको कुरा गर्छौ, निर्वाचनमा ३३ प्रतिशत महिला उठाउने भनेर प्रतिबद्धता गरेर जाँदा समानुपातिक निर्वाचन प्रणालीमा पुरुषले कम अवसर पाएको छ, त्यसो हुनुपनि भएन । सभ

सबै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने गरी तयारी गर्न अध्यक्ष नेपालको निर्देशन

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी सङ्घ तथा प्रदेशको निर्वाचनमा सबै क्षेत्रबाट उम्मेदवार उठाउने गरी तयारी गर्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । आज (शुक्रबार)बाट सुरु भएको पोलिटब्युरो बैठकमा गठबन्धनका लागि खुला भए पनि देशभर उम्मेदवार उठाउने गरी तयारीका लागि परिचालन हुन निर्देशन दिएका हुन् । चुनावको तयारीका विषयमा बोल्दै अध्यक्ष नेपालले […]

नेकपा समाजवादीले तालमेल नभएका सबै स्थानमा उम्मेदवार उठाउने

काठमाडौं । सत्ता गठबन्धनमा रहेको तेस्रो ठुलो दल नेकपा एकीकृत समाजवादीले पाँच दलीय गठबन्धनमा तालमेल नभएका सवै स्थानमा आफ्ना उम्मेदवार उठाउने भएको छ । सो पार्टीको सोमबार बसेको सचिवालय बैठकले गठबन्धनमा तालमेल भएका स्थानमा गठबन्धनका उम्मेदवारलाई नै जिताउने र नभएका सवै स्थानमा आफ्नो पार्टीका एकल उम्मेदवार उठाउने निर्णय भएको महासचिव डा.बेदुराम भुसालले जानकारी दिए । बैठकले पोखराको मेयरमा धनराज आचार्य, काठमाडौको उपमेयरमा रामेश्वर श्रेष्ठ,हेटौडाको मेयरमा मीना लामा तथा इटहरी, बुटवल र तुलसीपुरको उपमेय

विप्लवले स्थानीय तहकाे निर्वाचनमा उम्मेदवार उठाउने

सल्यान : नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सल्यानका दुई पालिकामा आफ्ना उम्मेदवार उठाउने भएको छ।नेकपाले जिल्लाको छत्रेश्‍वरी गाउँपालिका र कुमाख गाउँपालिकामा स्वतन्त्र उम्मेदवारको रुपमा निर्वाचनमा उठाउने भएको हो।नेकपा सल्यानका अनुसार छत्रेश्‍वरी गाउँपालिकामा लोकपाल केसी र कुमाख गाउँपालिकामा भीम भारतीलाई उम्मेदवार बनाउने निर्णय भएको हो।केसी नेकपा सल्यानको सेक्रेटरी, इन्चार्ज हुँदै अहिले विशेष कमिटी सदस्यमा रहेर काम गर्दै आइरहेका छन्।भारती भने काठमाण्