सप्तरीमा खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ । बुधबार बलानबिहुल गाउँपालिका– ४ स्थित बेल्हीमा रहेको भुतही बलान खोलाले बगाएर १३ वर्षीय सन्तोष भण्डारीको मृत्यु भएको हो । भुतही बलान खोलापारी खेतमा काम गरिइरहेका बुवा किसुनदेव भण्डारीलाई खाजा पुर्याउन जाने क्रममा सन्तोषलाई बाढीले बगाएको थियो । सोही क्रममा उनको मृत्यु भएको सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।१३ वर्षीय बालकको मृत शरीर सिमावर्ती बिहार राज्यको मधुवनी जिल्ला मझौरास्थित बलान खोला किनारमा फेला परे