डडेल्धुरा : डडेल्धुरामा खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा परशुराम नगरपालिका–११ कटौजाका केशव बोहराका ५ वर्षीय छोरा निराजन रहेका छन्।पशुपतिनाथ आधारभूत विद्यालय ज्यामिरखालीबाट मंगलबार दिउँसो घर जाने क्रममा पातलीको ठूलो खोलाले बगाउँदा उनको मृत्यु भएको सोही विद्यालयका प्रधानाध्यापक हरिदत्त जोशीले जानकारी दिए।बगेको ठाउँबाट ५०/६० मिटर तल निराजनको शव फेला गरेको उनले बताए। मृतक निराजन कक्षा १ मा अध्ययनरत थिए। प्रअ जोशीका अनुसार खोलाले बगाउँदा अन्य २ विद्यार्थी घाइते भएका छन