न्युज अफ नेपाल, सल्यान । सल्यानमा खहरे खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ भने आमा घाइते भएकी छन् । जिल्लाको छत्रेश्वरी गाउँपालिका –४ जुरढुंगाका अन्दाजी १२ वर्षीय ओमकार ओलीको मृत्यु भएको हो । शनिबार साँझ गोठालोबाट घर फर्किने क्रममा चोरपाटा खोलाको गोगन पानीमा आएको खहरेले खोलाले बालकलाई बगाएको वडाध्यक्ष नेव बहादुर खड्काले जानकारी दिए […]