काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि)को लेखा र कर्मचारी प्रशासन शाखामा लागेको ताला खुलेको छ। त्रिविले वार्तापछि ताला खुलेको जनाएको हाे। त्रिविले असार २२ गते व्यवस्थापन संकायअन्तर्गत बिबिए छैटौं सेमेस्टरका लागि लिएको एमजिटी २०३ : अर्गनाइजेशन विहेवियरको प्रश्नपत्र मोर्डन नेपाल कलेजको प्रि–बोर्डका लागि लिएको प्रश्नपत्रसँग हुबहु मिलेको तथ्य बाहिरिएको थियो।त्यसपछि दोषीलाई कारबाही गर्न माग गर्दै त्यहाँकै विद्यार्थीहरूले ताला लगाएका थिए। उक्त आन्दोलनमा नेपाल विद्यार्थी संघले साथ दिए