काठमाडौँ- फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, जर्मन चान्सलर ओलाफ सोल्ज र इटालीका प्रधानमन्त्री मारियो द्राघी रुसी आक्रमणपछि पहिलो पटक युक्रेन भ्रमणका लागि बिहीबार राजधानी किभ पुगेका छन् । नेताहरू पोल्याण्डबाट विशेष रेल चढेर त्यहाँ पुगेको तस्बिर अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले सार्वजनिक गरेको छ । तस्बिरमा उनीहरूलाई युक्रेनी राजधानीको प्लेटफर्ममा ओर्लिरहेको देखाइएको छ । शक्तिराष्ट्रका नेताहरूको यस […]