काठमाडौं। फ्रान्स,जर्मनी,फिनल्याण्डले ईयूको सिविल प्रोटेक्सन मेकानिज्म अन्तर्गत नेपाललाई पठाएको स्वास्थ्य सामाग्री भोलि बिहान ९ः५५ बजे काठमाडौं आइपुग्ने भएको छ। त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामाग्री नेपाललाई हस्तान्तरण गरिने काठमाडौंस्थित फ्रान्सेली दुतावासले जनाएको छ।उनीहरुले १४ वटा भेन्टिलेटर,३० लाख थान फेस मास्क,३ लाख ५० हजार एफएफपीटु मास्क,५२ हजार ५०० जोर भिनाइल ग्लोभ, ३० हजार आइसोलेसन गाउन र २० हजार टेस्टकिट उपलब्ध गराउने छन्।