फ्रान्स, जर्मनी र पोर्चुगल युरो कपको नकआउट चरणमा प्रवेश

काठमाडौं : युरो कप फुटबलमा फ्रान्स, जर्मनी र पोर्चुगल नकआउट चरणमा प्रवेश गरेका छन्। समूह एफमा रहेका तिनै टोली अन्तिम १६ मा प्रवेश गरेका हुन्। समूह एफमा फ्रान्स समूह बिजेता, जर्मनी उप विजेता बन्दै  नकआउट चरणमा प्रवेश गरे। फ्रान्सले हंगेरीको बुडापेस्टमा बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा पोर्चुगलसँग २-२ गोलको बराबरी खेल्दै फ्रान्स समूह विजेता बनेको हो।हंगेरीको पुस्कास एरिनामा फ्रान्सका लागि करिम बेन्जिमाले दुई गोल गरे। पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे।&

सम्बन्धित सामग्री

युरोकप : समूह चरण सकियो, शनिबारदेखि नकआउट चरण

विहीबार मध्यराति फ्रान्स र पोर्चुगलले बराबरीमा खेलेसँगै युरोकपको समूह चरणका खेलहरु सकिएका छन् । अबको खेल नकआउट चरणमा प्रवेश गरेको छ । यो चरणमा १६ टिमले खेल्नेछन् ।नकआउट चरणमा छानिएका १६ वटा टिममा वेल्स, डेनमार्क, इटली, अष्ट्रिया, नेदरल्याण्डस, चेक रिपब्लिक, बेल्जियम, पोर्चुगल, क्रोएसिया, स्पेन, फ्रान्स, स्वीटजरल्याण्ड, इङ्ल्याण्ड, जर्मनी, स्वीडेन र युक्रेन छन् ।अब नकआउट चरणको खेल असार १२ गते शनिबारदेखि हुनेछ । युरो कपको फाइनल खेल जुलाई १२ अर्थात असार गते लण्डनको बिम्बली रंगशालामा हुनेछ ।कोको भिड

यी हुन् युरोकपको नकआउट चरणमा प्रवेश गरेका टिम, कुन टिमले को सँग खेल्दै

काठमाडौं : युरोकप अन्तर्गत समूह चरणका खेल सकिएसँगै अन्तिम १६ पुग्ने सबै टिमको टुंगो लागेको छ। बुधबार राति सकिएको खेलपछि प्रिक्वाटरफाइनल अर्थात् अन्तिम १६ मा पुग्ने टिमहरुको अन्तिम टुंगो लागेको हो। नकआउट चरणमा प्रवेश गरेलगत्तै बलिया टिमले सुरुमै भिड्नुपर्ने देखिएको छ। यस पटक साविक विजेता पोर्चुगल, उपविजेता फ्रान्स, इटाली, जर्मनी, वेल्स, डेनमार्क,अष्ट्रिया, नेदरल्यान्ड्स, चेक रिपब्लिक, बेल्जियम, क्रोएसिया, स्पेन, स्विट्जरल्यान्ड, इंग्ल्यान्ड, युक्रेन र स्विडेनले नकआउट चरणमा स्थान बन