फ्रान्स, जर्मनी, फिनल्याण्ड र अजरबैजानले स्वास्थ्य सामाग्री पठाउने

काठमाडौं। यूरोपेली युनियन (इयु)सदस्य राष्ट्र फ्रान्स, जर्मनी, फिनल्याण्ड र अजरबैजानले इयुको सिविल प्रोटेक्सन मेकानिज्मअन्‍तर्गत नेपाललाई स्वास्थ्य सामाग्री उपलब्ध गराउने घोषणा गरेका छन्। उनीहरुले १४ वटा भेन्टिलेटर, ३० लाख थान फेस मास्क, ३ लाख ५० हजार एफएफपीटु मास्क, ५२ हजार ५ सय जोर भिनाइल ग्लोभ, ३० हजार आइसोलेसन गाउन र २० हजार टेस्टकिट उपलब्ध गराउने परराष्ट्र मन्त्रालयले जनाएको छ।