ब्राजिल अघिल्लो चरणमा, जर्मनी,  फ्रान्स र अर्जेन्टिना बाहिरिए

काठमाडौं : टोकियो ओलम्पिक अन्तर्गत यू-२३ फुटबलमा साविक विजेता ब्राजिलले क्वाटरफाइनलमा स्थान बनाएको छ।टोकियो ओलम्पिक २०२० को पुरुष फुटबलमा समूह 'डी' अन्तर्गत बुधबार भएको खेलमा साउदी अरेबियालाई ३-१ ले पराजित गर्दै ब्राजिल समूह विजेताका रुपमा अन्तिम ८ मा पुगेको हो। यो सँगै क्वाटरफाइनल समीकरण पूरा भएको छ।प्रतियोगितामा स्वर्ण पदकका दावेदार जर्मनी, फ्रान्स र अर्जेन्टिना भने अन्तिम ८ मा स्थान बनाउन असफल रहे। फ्रान्स समूह चरणको अन्तिम खेलमा घरेलु टोली जापानसँग ४-० को फराकिलो हार व्यहोर्दै प्रतिय

सम्बन्धित सामग्री

नयाँदिल्लीको जी–२० शिखर सम्मेलनमा हालसम्मकै ठूलो सहभागिता रहने दाबी

भारतमा अर्को महिना हुने जी–२० शिखर सम्मेलनमा अहिलेसम्मकै धेरै सहभागिता हुने भारतले दाबी गरेको छ। दिल्ली पुलिसले सुरक्षाको जिम्मा लिएको छ भने कार्यक्रम स्थल, होटल लगायतका क्षेत्रमा एम्बुलेन्स सहितको मेडिकल टोली खटाइने भएको छ।जी–२० मा अर्जेन्टिना, अष्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेसिया, इटाली, जापान, दक्षिण कोरिया, मेक्सिको, रुस, साउदी अरेबिया, दक्षिण अफ्रिका, टर्की  अमेरिका, बेलायत र युरोपेली संघ रहेका छन्। भारतले बंगलादेश, इजिप्ट, मौरिसस, नेद

फ्रान्स र जर्मनी सधैं ब्राजिल र अर्जेन्टिनाका तगारा

युरोपको बढ्दो दबदबाबीच बलिया दक्षिण अमेरिकी टोलीको विश्वकप यात्रा कसरी टुंगिने गरेको छ भन्ने बुझ्न ब्राजिल र अर्जेन्टिना कसरी बाहिरिरहेका छन् भन्ने जान्नु आवश्यक हुन्छ ।

फिफा विश्वकप फुटबल ड्र  : उपाधि दाबेदार जर्मनी र स्पेन एकै समूहमा

चैत १९,  काठमाडौं । कतारमा आयोजना हुन गइरहेको फिफा विश्वकप फुटबलको ड्र सार्वजनिक गरिएको छ । नोभेम्बर र डिसेम्बरमा त्यहाँ हुने विश्वकपमा  जर्मनी र स्पेन  एकै समूहमा परेका छन् । शुक्रवार राति कतारको दोहामा आयोजित एक कार्यक्रमका बीच विश्वकपको ड्र सार्वजनिक गरिएको हो । सन् २०२२ को विश्वकप आयोजक राष्ट्र कतारको दोहामा सम्पन्न ‘ड्र’ ले प्रतिद्वन्द्वीहरू विभाजन गरेको हो । सन् २००२ मा जापान र दक्षिण कोरियाले संयुक्त रूपमा आयोजना गरेयता विश्वकप पहिलो पटक एशियाली राष्ट्रमा हुँदै छ । उपाधि दाबेदार जर्मनी र स्पेन एकै समूहमा परेका छन् । समूह ‘ई’ मा स्पेन, जर्मनी र जापान छन् । यस्तै कोस्टारिका र न्युजिल्याण्ड बीचको अन्तर महादेशीय प्लेअफको विजेता यस समूहमा हुने छन् । भू–राजनीतिक प्रतिद्वन्द्वी अमेरिका र इरान पनि एकै समूह ‘बी’ मा परेका छन् । सार्वजनिक ड्र अनुसार साविक विजेता फ्रान्स समूह ‘डी’ मा परेको छ । उक्त समूहमा फ्रान्ससँगै डेनमार्क, ट्युनिसिया र प्ले अफबाट आउने एक टोली रहनेछ । लियोनल मेस्सी र रोवर्ट लेवान्डोस्कीको टोली समूह चरणमै भिड्ने भएका छन् । समूह ‘सी’ मा अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिया छन् । क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगल सहज समूह ‘एच’ मा छ । यस समूहमा उरुग्वे, दक्षिण कोरिया र घाना पनि छन् । विश्व नम्बर एक ब्राजिलसहित  स्वीट्जरल्याण्ड, सर्बिया र क्यामरुन  समूह ‘जी’ मा रहेको छ । आयोजक कतारसँगै नेदरल्यान्ड्स, सेनेगल र ईक्वेडर समूह ‘ए’ मा छन् । यसैगरी समूह बी मा इंग्ल्यान्ड, अमेरिका, इरान, (वेल्स/युक्रेन/स्कटल्याण्ड) छन् भने समूह एफमा बेल्जियम, क्रोएसिया, मोरक्को, क्यानडा छन् । कुन समूहमा कुन -  कुन राष्ट्र ? समूह ए – कतार, नेदरल्याण्ड, सेनेगल, इक्वेडर समूह बी – इंग्ल्यान्ड, अमेरिका, इरान, (वेल्स/ युक्रेन/ स्कटल्याण्ड) समूह सी – अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिया समूह डी – फ्रान्स, डेनमार्क, ट्युनिसिया, (युएई/ अष्ट्रेलिया/ पेरु) समूह ई – स्पेन, जर्मनी, जापान, (कोस्टारिका/ न्युजिल्याण्ड) समूह एफ – बेल्जियम, क्रोएसिया, मोरक्को, क्यानडा समूह जी – ब्राजिल, स्वीट्जरल्याण्ड, सर्बिया, क्यामरुन, समूह एच – पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया, घाना

विश्वकपको 'ड्र' सार्वजनिक, कुन देश कुन समूहमा ?

काठमाडौँ : कतारमा हुने विश्वकप फुटबलको ड्र सार्वजनिक गरिएको छ। आयोजकसहित २९ देशको टुङ्गो लागेको छ भने ३२ देशले भाग लिने विश्वकपमा बाँकी ३ देशको टुङ्गो आगामी जुनमा मात्र लाग्ने छ।विश्वकपमा छनौट भएका देश मध्ये युरोपबाट जर्मनी, डेनमार्क, फ्रान्स, बेल्जियम, क्रोएसिया, स्पेन, सर्बिया, इङल्याण्ड, स्वीटजरल्याण्ड, नेदरल्याण्डस्, पोर्चुगल, पोल्याण्ड,घाना, सेनेगल, ट्युनिसिया, मोरक्को, क्यामरुन, ब्राजिल, अर्जेन्टिना, उरुग्वे, इक्वेडर, क्यानडा, मेक्सिको, अमेरिका, इरान, दक्षिण कोरिया, जापान, साउदी

यी फुटबलका शक्तिराष्ट्र कतार विश्वकपमा हुनेछैनन्

एजेन्सी, १८ चैत्र । कतारमा यसै वर्षको हिउँदमा हुने विश्वकप फुटबलमा २९ टोलीको टुंगो लागिसकेको छ । बाँकी ३ टोलीको पनि प्ले अफ म्याचबाट चाँडै टुंगो लाग्नेछ । विश्वकपको तयारीमा टोलीहरु लागिसकेका छन् । यसपटक पाँच पटकको विश्वकप विजेता ब्राजिल, चार पटकको विजेता जर्मनी, दुई पटकको विजेता अर्जेन्टिना, फ्रान्स, उरुग्वे लगायत सबैजसो विश्वकप विजेता देशहरु […]

अपराजित हुँदै विश्वकपमा छानिएका देश

लन्डन, (एजेन्सी) ।  आगामी वर्ष कतारमा आयोजना हुने फिफा विश्वकपमा अहिलेसम्म १३ राष्ट्रले स्थान पक्का गरिसकेका छन् । आयोजकको हैसियतले कतारसहित ब्राजिल, अर्जेन्टिना, फ्रान्स, बेल्जियम, सर्बिया, स्पेन, नेदरल्यान्ड्स, डेनमार्क, स्विट्जरल्यान्ड, क्रोएसिया, जर्मनी र इंग्ल्यान्डले सोझै छनोट चरण पार गरी विश्वकपमा स्थान पक्का गरेका हुन् । त्यति मात्र होइन, विश्वकपमा अहिलेसम्म छनोट हुने १३ देशमध्ये सात […]

चिनिएका अनुहारहरु को–को छन् टोकियो ओलम्पिकको पुरुष फुटबलमा?

जापानको टोकियोमा शुक्रबारदेखि गृष्मकालीन ओलम्पिक खेलकुद सुरु हुँदैछ। फुटबलतर्फका खेलहरु सुरु भइसकेका छन्। प्रतियोगितामा पुरुष फुटबलमा अर्जेन्टिना, अस्ट्रेलिया, ब्राजिल, आइभरिकोष्ट, इजिप्ट, फ्रान्स, जर्मनी, होन्डुरस, जापान, दक्षिण कोरिया, मेक्सिको, न्युजिल्यान्ड, रोमानिया, साउदी अरब, दक्षिण अफ्रिका र स्पेनसहित १६ टोलीले प्रतिस्पर्धा गर्दैछन्। पुरुषतर्फ ब्राजिल साविक विजेता हो। महिलातर्फ जर्मनीले गत संस्करणको उपाधि जितेको थियो। सिनियर टोलीहरुले खेल्ने […]

टोकियो ओलम्पिकको फुटबल ‘ड्र’ सार्वजनिक

काठमाडौं। फिफाले टोकियो ओलम्पिक पुरुष फुटबलका लागि बुधबार ‘ड्र’ सार्वजनिक भएको छ। ‘ड्र’अनुसार आयोजक जपान, दक्षिण अफ्रिका, मेक्सिको र फ्रान्स समूह ‘ए’मा छन्। न्युजिल्यान्ड, कोरिया, होन्डुरस र रोमानिया समूह ‘बी’मा छन्। इजिप्ट, स्पेन, अर्जेन्टिना र अस्ट्रेलिया समूह ‘सी’मा छन्। ब्राजिल, जर्मनी, आइभोरी कोष्ट र साउदी अरेबिया समूह ‘डी’मा छन्।