बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंलाई पदमुक्त गरीएको छ । बागमती प्रदेश सरकारले बिहिबार उपाध्यक्ष चौलागाईंलाई पदमुक्त गरेको हो । बिहिबार प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले चौलागाईंलाई पदमुक्त गर्ने निर्णय गरेको हो ।चौलागाईंले प्रदेशका विभागीय मन्त्री तथा परिषद् अध्यक्षसँग समन्वय नगरी काम गरेको, सोधिएको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नदिएको, पत्रकार सम्मेलन गरी परिषद्को आन्तरिक गोपनीयता भंग गरेको, परिषद्को स्वीकृति व