नबिल बैंकद्वारा युवा परिषद् र पञ्चेश्वर गाउँपालिकासँग समझदारी

नबिल बैंकले युवा उद्यमशिलता र स्वरोजगार प्रवद्धन गरी युवालाई आत्मनिर्भर बनाउँदै समृद्धि तर्फ अग्रसर गराउने उदेश्यका साथ राष्ट्रिय युवा परिषद्, पञ्चेश्वर गाउँपालिका बैतडीसग“ त्रिपक्षीय समझदारी गरेको छ । यस समझदारी अन्तर्गत सुुदुरपश्चिम प्रदेश, बैतडी जिल्लाको पञ्चेश्वर गाउँपालिकामा स्थानीय युवाहरुलाई उद्यमशिलता विकास र वित्तीय साक्षरताको आधारभूत तालिम प्रदान गरि उद्यमका लागि सक्षम बनाउन र उद्यम परियोजनाका आधारमा वित्तीय पहुँच पुराइ देशभित्रै युवा उद्यम प्रवद्र्धन तथा रोजगारी सृजनाद्घारा दिगो आर्थिक विकासमा योगदान गर्ने लक्ष्य लिएको छ । नबिल बैंकको तर्फबाट नबिल दिगो बैंकिङका प्रबन्धक लिला प्रसाद ओझा, राष्ट्रिय युवा परिषद्को तर्फबाट परिषद्का प्रशासकीय प्रमख डा. बाबुराम ढुङ्गाना र पञ्चेश्वर गाउँपालिकाका तर्फबाट गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्बन्धित सामग्री

जुम्लाको तिलामा नबिल बैंकको वित्तीय साक्षरता सम्पन्न

काठमाडौं (अस) । नबिल बैंकले जुम्लाको तिला गाउ“पालिकामा स्वरोजगार प्रवद्र्धन गरी युवालाई आत्मनिर्भर बनाउने उद्देश्यले उद्यमशीलता विकास र वित्तीय साक्षरतासम्बन्धी ६ दिने  तालिम कार्यक्रम समापन भएको छ । कार्यक्रमका लागि नबिल बैंक, राष्ट्रिय युवा परिषद् र तिला गाउ“पालिकाबीच त्रिपक्षीय समझदारी भएको थियो । तिला गाउँपालिका अध्यक्ष रतननाथ येँगीकेँ अध्यक्षता सम्पन्न समापन कार्यक्रममा पूर्वराज्यमन्त्री बलबहादुर महत, नबिल बैंक सञ्चालक समितिका अध्यÔ उपेन्द्रप्रसाद पौडेल, नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यलगायत सहभागी थिए । उल्लेख्य महिला सहभागिता रहेको उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत शाक्यले युवा र महिलाको उद्यमशीलता विकास एवं रोजगारी सिर्जनामा बैंकले सहयोग गर्ने बताए । बैंक सञ्चालक समितिका अध्यक्ष पौडेलले तालिममा सहभागी युवा र महिलालाई राम्रो उद्यमी बन्न शुभकामना दिए । नबिल बैंकबाट साना कर्जा लिएका उद्यमी अहिले करोडांैको कारोबार गरिरहेको उनले बताए । तिला गाउँपालिकाले युवा उद्यमका लागि आह्वान गरेको सूचनाबमोजिम दरखास्त दिई छनोट भएका युवालाई  २० देखि २७ मंसिरसम्म सात दिने तालिम दिइएको थियो । तालिममा ६३२ जनाले आवेदन दिएका थिए । १९४ परिवारका सदस्य सहभागी तालिममा महिलाको संख्या आधाभन्दा बढी थियो ।

नबिल बैंक, राष्ट्रिय युवा परिषद् र तिला गाउँपालिकाबीच समझदारी

युवा उद्यमशिलता र स्वरोजगार प्रवद्धन गरी युवालाई आत्मनिर्भर बनाउँदै समृद्धितर्फ अग्रसर गराउने उद्देश्यका साथ राष्ट्रिय युवा परिषद्, तिला गाउँपालिका जुम्ला र नबिल बैँकबीच त्रिपक्षीय समझदारी भएको छ । यस समझदारीले कर्णाली प्रदेश, जुम्ला जिल्लाको तिला गाउँपालिकामा स्थानिय युवाहरुलाई साथ दिन उद्यमशिलता विकास र वित्तीय साक्षरताको आधारभूत परामर्श, तालिम प्रदान गरी उद्यमका लागि सक्षम बनाउन र उद्यम परियोजनाका आधारमा वित्तीय पहुँच पुर्याई युवा उद्यम प्रवद्र्धन तथा रोजगारी सृजनाद्वारा दिगो आर्थिक विका

नबिल बैंक, राष्ट्रिय युवा परिषद् र तिला गाउँपालिकाबीच समझदारी

युवा उद्यमशिलता र स्वरोजगार प्रवद्धन गरी युवालाई आत्मनिर्भर बनाउँदै समृद्धि तर्फ अग्रसर गराउने उदेश्यका साथ राष्ट्रिय युवा परिषद्, तिला गाउँपालिका जुम्ला र नबिल बैंक Nabil Bank Limited  बीच त्रिपक्षीय समझदारी भएको छ । यस समझदारीले कर्णाली प्रदेश, जुम्ला जिल्लाको तिला गाउँपालिकामा स्थानिय युवाहरुलाई साथ दिन उद्यमशिलता विकास र वित्तीय साक्षरताको आधारभूत परामर्श, तालिम प्रदान गरी उद्यमका लागि सक्षम बनाउन र उद्यम परियोजनाका आधारमा वित्तीय पहुँच पुराइ युवा उद्यम प्रवर्दधन तथा रोजगारी सृजनाद्घारा दिगो आर्थिक विकाशमा योगदान गर्ने लक्ष्य लिईएको बैंकले जनाएको छ । राष्ट्रिय युवा परिषद्को कार्यालय भक्तपुरमा राष्ट्रिय युवा परिषद्को तर्फबाट परिषद्का प्रशासकीय प्रमख डा. बाबुराम ढुङ्गाना, तिला गाउँपालिकाका तर्फबाट गाउँपालिका अध्यक्ष रतन नाथ योगी र नबिल बैंकको तर्फबाट नबिल दिगो बैंकिङका प्रबन्धक लिला प्रसाद ओझाले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्   ।

युवा उद्यमशिलताका लागि नबिल बैंक, युवा परिषद् र पञ्चेश्वोर गाउँपालिकाबीच सम्झौता

काठमाडौं । नबिल बैंकले युवा उद्यमशिलता र स्वरोजगार प्रवर्द्धन गर्ने उदेश्यले राष्ट्रिय युवा परिषद् र पञ्चेश्वोर गाउँपालिका बैतडीसँग त्रिपक्षीय समझदारी गरेकाे छ । यस समझदारी अन्तर्गत बैतडीको पञ्चेश्वोर गाउँपालिकामा स्थानीय युवाहरूलाई उद्यमशिलता विकास र वित्तीय साक्षरताको आधारभूत तालिम प्रदान गरी उद्यमका लागि सक्षम बनाउन र उद्यम परियोजनाका आधारमा वित्तीय पहुँच पुर्‍याएर देशभित्रै युवा उद्यम...