काठमाडौँ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले मङ्गलवार (आज) अध्यादेश जारी गरेको छन् । मन्त्रिपरिषद्को सिफारिसमा शर्माले प्रदेश युवा परिषद् ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा संविधानको धारा २०२ को उपधारा १ बमोजिम अध्यादेश जारी भएको उल्लेख गरिएको छ।