मन्त्री ढकाल र प्रदेश युवा परिषद्का उपाध्यक्ष चौलागाईंबीच खटपट

 बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न ढकाल र प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईं बीच खटपट सुरु भएको छ । फरक राजनीतिक पार्टीमा आवद्ध मन्त्री ढकाल र उपाध्यक्ष चौलागाईंबीच विगत केही दिनदेखि खटपट सुरु भएको हो ।मन्त्री ढकालले युवा परिषद् उपाध्यक्ष नियुक्त भएदेखि हालसम्म के के काम गरियो, काम प्रभावकारी नभएको र उपलब्धी विहिन भएको भन्दै उपाध्यक्ष चौलागाईंलाई पत्र काटेपछि टसल सुरु भएको हो ।युवा तथा खेलकुद मन्त्रालयमा करिब ११ करोड मात्र बजेट रहेको छ । रकामान्तर गरेर बजेट