कामना सेवा विकास बैंकले आइतबारदेखि नवलपरासीको कावासोती नगरपालिका वडा नम्बर ७ स्थित साँढमा शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले स्थानीय भीमा भुर्तेललाई शाखारहित बैंकिङ सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरेको छ । कार्यक्रममा वडा नम्बर ७ का अध्यक्ष गोविन्द प्रसाद महतो, वडा सदस्य रुद्र बहादुर बस्नेतलगायतको उपस्थिति रहेको थियो । शाखारहित बैंकिङमार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिने बैंकले जनाएको छ ।&