कामना सेवा विकास बैंक लिमिटेडले थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा मिति असार २६ गतेबाट मोरङ जिल्लाको केराबारी गाउँपालिका १० को थापाटारमा, सुन्दर हरैंचा नगरपालिका–१२ शुक्रबारेमा र झापा जिल्लाको बुद्ध शान्ति गा.पा. वडा नं. ०१ को नमुना चोकमा शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । शाखा रहित बैंकिङ मार्फत खाता खोल्ने, निक्षेप सङ्कलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरू प्रदान ग