काठमाडौं (नेस) । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरूमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ थप ३ स्थानमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा रूपन्देहीको देवदह नगरपालिका–८, अर्घाखाँचीको शितगंगा नगरपालिका–२, सितापुर र लमजुङको मध्यनेपाल नगरपालिका ७ रामबजारमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ […]