पश्चिम रुकुमको त्रिवेणी गाउँपालिकामा माओवादी र काँग्रेस कार्यकर्ताबीच झडप, १२ जना घाइते

पश्चिम रुकुमको त्रिवेणी गाउँपालिकास्थित नुवाकोटमा नेकपा माओवादी केन्द्र र काँग्रेस कार्यकताहरुबीच झडप भएको छ ।  माओवादी र काँग्रेस कार्यकर्ताहरूबीच चुनावी अभियानका क्रममा बिहीबार झडप भएको हो ।झडपका क्रममा नुवाकोट चौकीमा सामान्य ढुंगामुढा भएको पश्चिम रुकुमका प्रहरी प्रवक्ता एसएसपी  विष्णुकुमार केसीले जानकारी दिए । सो क्रममा १२ जना घाइते भएको समेत उनले बताए ।