प्रहरी र आन्दोलनकारी गरी १२ जना घाइते, ८१ सेल अश्रुग्याँस प्रहार

विराटनगर : आन्दोलनको क्रममा मृत्यु भएका पदम लिम्बू (लाजेहाङ) को शव यात्राका क्रममा विराटनगरमा झडप हुँदा प्रहरी र आन्दोलनकारी गरी १२ जना घाइते भएका छन्।शनिबार दिउँसो रोडशेष चोक अर्थात् मुख्यमन्त्री कार्यालय नजिकै प्रहरी र आन्दोलनकारीबीच झपड भएको हो।झडपका क्रममा नेपाल प्रहरीका तीनजना र सशस्त्र प्रहरीका तीनजना गरी ६ जना सुरक्षाकर्मी घाइते भएको मोरङका प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए। आन्दोलनरत पक्षका पनि ६ जना घाइते भएको किरात राई यायोख्खाकी सचिव कुन्ता राईले जानकारी दिइन्।प्

सम्बन्धित सामग्री

आक्रोशको घानमा कोशी प्रदेश, केन्द्रको सहयोग कुर्दै सरकार

विराटनगर :  ‘शान्तिपूर्ण शव यात्रा गर्ने भन्दाभन्दै प्रहरीले बाटो किन छेक्नु?‚’ भन्दै हुइँकिएर आएको गाडीबाट ओर्लिएर प्रहरीतर्फ लागे लिम्बूवान भोलेन्टियरका युवाहरु। उनीहरु चढेको गाडीभन्दा पछाडि आन्दोलनको क्रममा मृत्यु भएका पदम लिम्बू (लाजेहाङ) को शव राखिएको एम्बुलेन्स थियो।उनै लिम्बूको शव यात्राका क्रममा विराटनगरमा झडप हुँदा प्रहरी र आन्दोलनकारी गरी १२ जना घाइते भए। प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा शनिबार दिउँसो रोडशेष चोक क्षेत्र एकाएक तनावग्रस्त भयो।आजभोलि