कोरोना सङ्क्रमण (कोभिड–१९) जोखिम न्यूनीकरणका लागि सरकारले गरेका कामकारबाहीमा सुझाव, अनुगमन तथा निर्देशनका लागि संसदीय समिति भर्चुअल रूपमा सक्रिय हुन थालेका छन् । समिति सञ्चालन लगायतबारे सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिमा परामर्श लिँदै गर्दा मङ्गलबार नै शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्तीले भर्चुअल रूपमा बैठक राख्नुभएको हो । परामर्शपछि समितिले सरकारलाई नौबुँदे सुझावसमेत दिएको छ ।